समाचारस्वास्थ्य

नेपालमा कोरोना भाइरसका ४४४ संक्रमित पुष्टि, ठुलो संख्यामा संक्रमित थपिएको जानकारी आउँदै

काठमाण्डौं,

नेपालमा कोरोना भाईरसका संक्रममितको संख्या ४ सय ४४ पुगेको पुष्टि भएको छ । आज बिहिबार पनि कोरोना भाइरसका संक्रमित ठुलो संख्यामा थपिएका छन् । स्वास्थ्य मन्त्रालयले केही समयपछि नियमित पत्रकार सम्मेलनमार्फत् थपिएको संक्रमितकोे जानकारी दिने बताईएको छ ।

भाइरसका कारण आज बिहिबार १ जना संक्रमितको मृत्यु भएको छ । ४१ वर्षीय गुल्मीका शिक्षककोे भेन्टिलेटरमा राखेर बचाउने प्रयास भएपनि नसकिएको बुझिएको छ । यसको आधिकारिक जानकारी स्वास्थ्य मन्त्रालयले केही समयपछि बाहिर ल्याउने बुझिएको छ ।

आज १७ नयाँ संक्रमित थपिएका छन् । अहिले केही बेरमा दिइने औपचारिक पत्रकार सम्मेलनमा ठुलो संख्यामा थपिएका संक्रमितबारे जानकारी दिइने स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ । देशमा कोरोना भाइरसका ४ सय ४४ संक्रमित पुष्टि भइसकेको छ । २ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएकोमा अर्का १ जनाको अहिले केही बेरमा औपचारिक खबर आउने मन्त्रालय स्रोतले जनाएको छ ।

https://www.youtube.com/watch?v=qb0ZFTNhMqI&t=887s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button