समाचारसमाज

बालिका बलत्कारको आरोपमा धरानका दुई युवा पक्राउ

धरान,

बालिका बलत्कारको आरोपमा धरानका दुई युवा पक्राउ परेका छन् । तत्कालीन संघिय समाजवादी पार्टीका युवा नेता श्री प्रसाद लिम्बु नाबालिका बलात्कार आरोपमा पक्राउ परेका हुुन् । नाबालिकाकी आमाले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि ईलाका प्रहरी धरानले लिम्बुलाई बिहीबाबर नाबालिका बलात्कारको आरोपमा पक्राउ गरेको हो ।


इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले बालिकाकी आमाले दिएको उजुरीको आधारमा लिम्बुलाई पक्राउ गरिएको जानकारी दिए । पकाउ परेका सुब्बा समाजवादी जनता दलसम्बद्ध युवा संगठनका प्रदेश १ का अध्यक्ष हुन् । लिम्बु धरान–१५ निवासी हुन् । बलात्कृत ८ वर्षिय ती नाबालिकाले आमालाई आफूमाथि भएको घटना बताएपछि आमाले यहि जेष्ठ ५ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
‘गत ५ गते अन्दाजी बिहान ११ बजे लिम्बूले वर्ष ८ की नाबालिकालाई ललाइ फकाइ जवरजस्ती करणी गरेको भनी पीडितको आमाले यस कार्यालयामा जाहेरी दरखास्त पेश गरेकोमा पीडितको तत्काल शारीरिक परीक्षण गरिएको र प्रतिबादीको खोजतलास गर्दा निज फेला नपरेकोमा सुनसरी जिल्ला अदालतबाट निजलाई पक्राउ गर्ने अनुमति प्राप्त भई खोजतलासकै क्रममा बिहीबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धानको कार्य अघि बढाएकाछौं ।’ प्रहरी उपरिक्षक न्यौपानेले भने ।

यस्तै, बालिका जबरजस्ती करणीकै आरोपमा धरान–९ मा डेरा गरी बस्ने उमेश ठटाल पनि पक्राऊ परेका छन् । आरोपी ठटालले धरान–१७ की १५ वर्षिय बालिकालाई विवाह गर्ने प्रलोभन देखाएर पटकपटक जबर्जस्ती करणी गरेका थिए ।
विवाह गर्ने भनी ललाइफकाई पटकपटक जवरजस्ती करणी गरेका गरेका थिए । पीडितको बुबाले जाहेरी दरखस्त ईलाका प्रहरी कार्यालयमा दिएपछि बिहिबार ईलाका प्रहरी कार्यालय धरानले ठटाललाई पक्राउ गरेको हो । बिहीबार पक्राउ गरी अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुर मुद्दामा अनुसन्धानको कार्य भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

https://www.youtube.com/watch?v=uwu5CKKsPLo&t=262s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button