समाचारस्वास्थ्यहेडलार्इन

नेपालमा ६ सय नाघ्यो कोरोना संक्रमितको संख्या डाटा सहित

काठमाण्डौं,

आज १९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि हुँदा संक्रमितको संख्या ६ सय ३ पुगेको छ । नेपालमा हालसम्म ६ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आइतबार मात्र थप १९ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.विकास देवकोटाले जानकारी दिएका छन्


प्रवक्ता देवकोटाका अनुसार हालसम्म ४२ जिल्लामा कोरोना संक्रमण देखिएको छ।जसमध्ये प्रदेश १ का ७ जिल्लाका ८६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ का ८ वटै जिल्ला संक्रमित भएका छन्।् । प्रदेश २ मा १ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै बागमती प्रदेशका ११ जिल्लामा ३४ जना संक्रमित पुष्टि भएका छन्।् ।

यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना संक्रमित भएका छन्।् त्यस्तै प्रदेश ५ का ७ जिल्लाका २ सय ८१ जनामा भाइरसको संक्रमण देखिएको छ भने कर्णाली प्रदेशका २ जिल्लामा ४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना गरी जम्मा ४२ जिल्लामा ६ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी आइतबार १७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।् । कोरोना जित्नेमा वीरगन्जको नारायण अस्पतालमा ७ जना र बुटवलको धागोकारखानामा १० जना गरी १७ जनाले कोरोना जितेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । नारायणीमा डिस्चार्ज हुनेमा बारा पर्सा र रौतहटका स्थानीय हुन्।् यो सहित निको हुनेको संख्या ८७ पुगेको छ । हाल सम्म नेपालमा कोरोनाका कारण ३ जनाको मृत्यु भएको स् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=yfKN2O2vBfc

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button