अर्थ खबरसमाचारहेडलार्इन

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाण्डौं,

सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको दुवै सदनमा बजेट वक्तव्य प्रस्तुत गर्दै कुल १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।


कुल विनियोजन मध्ये चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात ६४।४ प्रतिशत रहेको उनले जानकारी दिए । पुंजिगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३।९ प्रतिशत वित्तिय व्यवस्था तर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात, ११।७ प्रतिशत रहेको जानकारी दिए ।
त्यस्तै, आगामी आर्थिक वर्षमा श्रोत व्यवस्थापन तर्फ राजस्वबाट ८ खर्ब ७९ अर्ब ६२ करोड वैदेशीक अनुदान बाट ६० अर्ब ५२ करोड गर्दा ५ खर्ब ५० अर्ब २४ करोड न्यून हुने र त्यसको पुर्तिका लागि वैदेशिक ऋण २ खर्ब ९९ अर्ब ५० करोड ऋण लिने बताए । त्यति गर्दा पनि अपुग हुने २ अर्ब २५ अर्व आन्तरिक ऋणमार्फत खर्च हुने बताए ।

https://www.youtube.com/watch?v=xsIrqvOgMXo&t=49s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button