
पानबारी
धरान उपमहानगरपालिका वार्ड नं. ६ माथिल्लो पानबारीका ३६ विपन्न परिवारले धुँवारहित जापनिज चुलो पाएका छन् । धरान–संखुवासभा सरोकार समाजको अगुवाइ र धरान उपमहानगरपालिकाको सहयोगमा पानबारीबासीलाई धुवाँरहित आधुनिक सुधारिएको चुलो वितरण गरिएको हो ।
दाउरा खपत हुने र वन जंगल जोगाउने लक्ष्यले जापनिज प्रविधिबाट तयार गरिएकोे चुलो ३६ विपन्न परिवारलाई वितरण गरिएको धरान संखुवा सभा सरकोकार समाजका अध्यक्ष मिङ्मा भोटेले बताए । नेकपाका धरान अध्यक्ष नारायण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीयबासीले चुलो पाउँदा हर्षित र दंग बनेका थिए । धुँवा कम हुने र दाउरा समेत कम लाग्ने भएकाले गाउँघरमा चुलोे उपयोगी रहेको स्थानीय वडा सदस्य गोमादेवी गौतम –खनाल) ले बताइनर््ा् । ग्यास चलाउन नसक्ने विपन्न परिवारलाई छनौट गरी विपन्न परिवारलाई चुलो वितरण गरिएको वडा सदस्या गौतमले सुनाईन् । ‘एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि समेत चुलो उपयोगी छ’ उनले भनिन, ‘गाउँलेहरु धुँवामुक्त हुने भो भनेर खुशी छन् ।’
प्रमुख अतिथि सुवेदीले चुलो वितरण कार्यक्रममा बोल्दै चुलो उपयोग रहेको र यसले मानव स्वास्थ्यलाई समेत असर नगर्ने बताए । कार्यक्रममा धरान संखुवा सभा सरोकार समाजका सल्लाहकार शिला बजाचार्य, समाजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष भोटेले यसअघि तल्लो पानबारी, धरान–४ र ५ का विपन्न परिवारलाई पनि यस्तो चुलो वितरण गरिसकेको जानकारी दिए । उनले अझै सो स्थानमा केही विपन्न परिवार छुटेकाले उनीहरुका लागि पनि चुलोको पहल गर्ने र वितरण गरिने बताए ।
धुँवा कम हुने र दाउरा समेत कम लाग्ने भएकाले गाउँघरमा चुलोे उपयोगी रहेको समाजका अध्यक्ष भोटेको भनाई छ । ‘गाउँ नै धुँवामुक्त हुने भो भनेर खुसी लागेको छ ।’ उनले भने । रकेट चुलोबाट पकाइएको खाना स्वादिष्ट हुनुका साथै उर्जा सन्चित भई वन विनास हुनबाट समेत जोगाउन सकिने भएकाले आधुनिक चुलो विपन्न परिवारलाई उपलब्ध गराएको अध्यक्ष भोटेले बताए ।