
पानबारी/ दिल बहादुर राई
धरान उपमहानगरपालिका वार्ड नं. –६ पानबारीमा बस्दै आएका भोजराज राई र उनको श्रीमती कान्छी माया राई भोग र रोगले पिडित रहेका छन् राई दम्पति टिन र बाँसले बनाएको सानो घरमा बसोबास गर्छन् । दुःख बिराम नभए सम्म उनीहरु गाँउघरमा खेतलापात र ज्यालामजदुरीले जिविकोपार्जन गदै आएका थिए । ‘मेरो कन्चट्मा कालो कोठीमा घाऊ भएको थियो पछि निको पनि भइसकेको थियो त्यो घाऊ सानो थियो अनि मैले सोचे निको भयो होला भनेर पछि घाऊ दुख्न थाल्यो श्रीमतीलाई हेर्न लगाए केही पनि छैन भनिन् त्यो घाऊमा थाहै नपाई किरा परी सकेको रहेछ एक दिन राती सुत्न नसक्ने गरी दुख्यो फेरि श्रीमतीलाई हेर्न लगाए देखेन डाक्टले घाऊ चिरेर ८५ वटा किरा निकाली दियो त्यस बेला पो म त छक्का परे’ भोजराजले पिडा सुनाउदै भने ।
भोजराजको श्रीमती कान्छी मायाले कोशी पोष्ट डटकम संग कुरा गदै भनिन् ‘बुढाको घाऊमा त्यति धेरै किरा परीसकेको रहेछ मैले कति हेरे तर देखिन,घरमा छोरा एकजना छ् तर छोराले खासै काम गर्दैनन्, पैसा पायो भने जाँड–रक्सी खान्छ बाहिर हिँड्छ । उसको बाबुलाई क्यान्सर रोग लागेको छ म आँखा देख्दीन बुढेसकालमा रोग र भोगलले हामीलाई थला पारेको छ, आफु आँखा फुलो परेकाले बिरामी छु एउटा आँखा आँखा होइन रहेछ वडा सदस्या गोमा बहिनीले राहत मिलाई दिनु भयो त्यसैले चुला बल्दैछ कहाँ जानु कस्लाई के भन्नु हामी पिडित छौं कसैले सहयोग गरी दिए पनि हुन्थ्यो नि खै कहाँ जानु के गर्नु पर्ने हो ’ ।
राई दम्पति दुवैजना काम गर्न सक्दैनन् । काम गर्ने मान्छे कोही छैनन्, खान छैन, दुवैको उपचार गर्ने खर्च समेत छैन । भोजराजको कान छेउमा घाऊ भएर भित्रभित्रै पाकेर ८५ वटा किरा भेटिएपछि बीपी प्रतिष्ठान पुगेका थिए । प्रतिष्ठान पुगेपछि चिकित्सकले क्यान्सर भएको भन्दै अप्रेसन गर्न लगाए । आर्थिक समस्याले थलिएका भोजराजलाई पहिलो पटक छोरी–ज्वाइँ र गाउँलेले सहयोग गरेर अप्रेसन सफल भयो, तर हप्तैपिच्छे चेकजाँच गर्ने खर्च अभावका कारण भोजराज अस्पताल जान सकेका छैनन् ।
‘राईले कोशीपोष्ट डटकम संग कुरा गदै भने ‘डाक्टरले हप्तैपिच्छे अस्पताल आउनु भन्नुभयो तर खर्च छैन कसरी जानु खाने खर्च त छैन चेकजाँचमा त जानु पर्ने हो बेला बेला घाऊ दुख्छ पैसा छैन, अस्पताल जानु सकिएको छैन । खर्च अभावले नै श्रीमतीको पनि आँखाको उपचार गर्न सकिएन यो उमेरमा कहाँ जाने कस्लाई माग्ने छोराले काम गदैन छोरीहरु अर्काको घर गईसके हामीलाई पहिला त सहयोग गरेका थिए छोरी ज्वाइँले सरकारले सहयोग गरी दिनु भए हुन्थ्यो नि’ भोजराजले पीडा सुनाउँदै भने । ‘श्रीमतीले एउटा आँखा अलि अलि देख्छु भन्छ खर्च अभावमै उपचार गर्न सकिएन’ राईले थपे । उनीहरूले उपचारका लागि सहयोगको आह्वान गरेका छन् । ‘डाक्टरले बीपी प्रतिष्ठानमै उपचार हुन्छ भनेका छन्, हामीलाई सहयोग गरिदिए हामी स्वस्थ हुन्थ्यौं र काम गरिखाने थियौं, सबैलाई सहयोगको आग्रह गर्दछौं ’। उनीहरुले अनुरोध गरेका छन्
‘राई दम्पतिलाई गाउँघरका छरछिमेक र आफुले सकेको सहयोग गदै आएको स्थानीय जनप्रतिनिधि गोमा खनाल (गौतम)ले बताईन् । ‘अहिले लकडाउन छ मेरो अगुवाईमा गाउँघरमै केही सहयोग मागेर उपचार गराएयौं राहत पनि उपलब्ध गराएकाछौं मैले जानेबुझेका साथीभाईहरुलाई भोजराज दम्पतिको समस्या सुनाएर सकेको सहयोग गरीदिनुहोस भन्दै आएकोछु तर यो बेला सबैले सहयोग गर्न सकेका छैनन् देशमा महामारीले सबैलाई सताएको छ, त्यसैले पनि होला सहयोग भईरहेको छैन हामी छरछिमेकीले सकेको सहयोग गदै आएकाछौं’ वडा सदस्या खनालले कोशीपोष्ट डटकम संग कुरा गदै बताईन् । ‘काम नगरी उहाँहरूको हात मुख जोर्ने अवस्था छैन, उपचारका लागि उनीहरु संग पैसा छैन अहिले यो लकडाउनको अवधिभरलाई केही राहत दिएका छौं, उनको परिवारलाई केही दिन खान पुग्ला, त्यो समयपछि के गर्ने भन्ने चिन्ता बढ्दो छ । मिडियामा यो समाचार छापिएपछि कतै दयाँलु मन भएका सहयोगी हातहरुले सहयोग गर्नुहुन्छ कि भन्ने अपेक्षा गरेका छा,ैं । साथै तपाईको यस मिडिया मार्फत भोजराज दम्पतिकोे उपचारका लागि सबैसँग सहयोगको अपिल पनि गर्दछु’ वडा सदस्या खनालले अनुरोध गदै भनिन् ।
https://www.youtube.com/watch?v=YQro1sa_fRc&t=11s