
धनकुटा,
धनकुटाको महालक्ष्मी नगरपालिका वार्ड नं. १ मारेककटहरे स्थित क्यारेन्टाईनमा रहेकालाई खाना,खाजाको सहयोग उपलब्ध गराइइको छ । नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्यामपसका सभापति यूवा नेता करुणा कटुवालले खाना खाजाको सम्पूर्ण व्यवस्था मिलाउने भएको हो ।
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको वडा नंं १ को श्री शारदा मावि पारी खाप्प्राङ्गमा स्थापना गरिएको क्वारेनटाईनमा राखिएको सोही बडाका ४ जनालाई १४ दिनको खाना ,खाजाका लागि विद्यार्थी संघ धनकुटा क्याम्पस समितिका सभापति करुणा कटुवालले वडाध्यक्ष टेक वहादुर गुरुङ्गलाई नगद १६ हजार ८ सय रुपैया प्रदान गरेका छन् ।
वाहिरबाट आफ्नो घर आएका उक्त वडा का दलित समुदायका ४ जनालाई उक्त क्वारेन्टाईनमा राखिएको छ ।
लकडाउनका कारण घर जना नपाई बिचल्लीमा परेका धनकुटा बहुमुखीमा अध्ययनरत धनकुटा लगायत पूर्वी पहाडी विभिन्न जिल्लाका ४६ जना विद्यार्थीहरुलाई यस अघि पनि नेपाल विद्यार्थी संघका सभापति कटुवाले सहयोग गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईल जानकारी दिए ।
https://www.youtube.com/watch?v=xFPHZ8B8OsY&t=7s