
पानबारी,
मिडियामा समाचार प्रसारण तथा प्रकाशन भएपछि कन्चटमा ८५ किरा परेका भोजराज दम्पतिको उपचारका लागि खर्च आउन थालेको छ । केशी दिन अघि कोशीपोष्ट डटकममा समाचार र पूर्वाञ्चल डि.आ.टिःभीमा धरान –६ पानबारीका भोजराज राई दम्पतिको पिडादायक भिडियो प्रसारण भएको थियो । समाचार देखेपछि विभिन्न संघ संस्था र व्यक्तिहरुले उपचार गर्न र लाउन खान भन्दै धमाधम आर्थिक संकलन गरेर दिन थालेको उक्त वडाका महिला वडा सदस्या गोमा गौतम (खनालले) सुनाईन् ।
कोशीपोष्ट डटकमका पत्रकार धरान –६ पानबारी गएको बेला वडा सदस्या खनालले राई दम्पत्तिको नाजुक अस्था रहेको जानकारी गरएका थिइन् । भोजराजको अवस्था हेरेर भोजराज दम्पतिलाई घरमै गएर सोधपुछ गरी समाचार अनलाईन मिडियामा पोष्ट गरेपछि सहयोगी हात र मनकारी व्यक्तिहरुले बिरामी राई दम्पतिलाई आर्थिक नगद र दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन थालेका हुन् । भोजराजको कन्चटबाट ८५ वटा किरा निकालिएको वडा सदस्या खनालले बताईन् । राई लाई क्यान्सर रोगले भेटेको डाक्टरको भनाई रहेको उनले सुनाईन् । भोजराजको श्रीमतीको आँखामा समस्या रहेको जनप्रतिनिधि खनालले कोशीपोष्ट संग कुरा गदै सुनाईन् ।
राई दम्पतिको अवस्था मिडियामा देखेको भन्दै सोमबार धरान –१५ निवासी चन्दा राईको मनकारी मन र उनको समन्वयमा देशविदेशबाट उठेको रकम ४५ हजार ३५ रुपैया हस्तान्तरण गरिएको छ । धरान तीन नेकपाका युवा नेता मिङ्मा भोटे र चन्दाकै छोरा अस्विन राईमार्फत सोमबार ४५ हजार पैतिस रुपैयाँ हस्तान्तरण भएको हो । हङकङ निवासी योगेश राईले १० हजार, इटहरीकी छोजुङ भोटेले ५ हजार, हङकङ निवासी नै पक्कु चाम्लिङले ५ हजार, हङकङकै पारुहाङ राईले ४८ सय रुपैयाँ सहयोग गरेका थिए ।
यस्तै, साइपस निवासी बिनु चाम्लिङले ६ हजार १ सय पैतिस, काठमाडौं निवासी विष्णु राई र साथीहरूले तीन हजार, धरान–१५ की पन्ना राईले दुई हजार, धरान–५ की मेनुका देवानले दुई हजार, धरान–१५ की दिपिका लिम्बुले एक हजार, वेल्जियम निवासी एन्जल राईले पच्चीस सय, धरान–१९ की समी श्रेष्ठले एक हजार, धरान –८ की लक्ष्मी राईले एक हजार, धरानका मिङ्मा भोटेले एक हजार गरी राई दम्पतिलाई ४५ हजार ३५ रुपैया हस्तान्तरण गरिएको वडा नम्बर ३ नेकपाका वडा सचिव भोटेले कोशीपोष्ट डटकमलाई जानकारी गराए । भोजराज दम्पतिले यो १५ दिनको अन्तरालमा नगद ७५ हजार ४० रुपैया र खाद्यन्य सामाग्री प्राप्त गरीसकेका छन् । भोजराजको कन्चटमा पुन अप्रेशन गर्नु पर्ने बताईएको छ ।