समाचारसूचना प्रबिधि

धरानमा तीन दिने विपद् व्यवस्थापन पत्रकारिता तालिम शुरु

धरान,

सुनसरीको धरानमा विपद् व्यवस्थान तीन दिने पत्रकारिता तालिम शुरु भएको छ । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा धरान उपमहानगपालिकाको सहयोगमा शुक्रबार देखि ३ दिने तालिम शुरु भएको हो । धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गदै आएका सञ्चारकर्मीहरुको सहभागीता रहेको महासंघका अध्यक्ष अमर खड्काले बताए । तालिममा कोरोना भाइरसको बारेमा, विपद् पत्रकारिता र खोजमुलक पत्रकारिताको बारेमा सञ्चारकर्मीहरुलाई सैदान्तीक ज्ञान प्रदान गरिदैछ ।


विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरसको बारेमा केन्द्रीय प्रविधि क्याम्पस हार्तिसारका माइक्रोबाइलोजी विभागीय प्रमुख धिरेन लिम्बुले सहजिकरण गरेका थिए । यस्तै, ब्लाष्ट टाइम्स दैनिकका सम्पादक देबेन्द्र कार्कीले विपद् पत्रकारिता शिर्षकमा र नागरिक दैनिकका पत्रकार रोहित राईले खोजमुलक पत्रकारिताको बारेमा सहजिकरण गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका राजस्व, पर्यटन तथा सञ्चार महाशाखा प्रमुख खगेन्द्र खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको तालिममा महासंघका उपाध्यक्ष सन्तोष काफ्ले, कोषाध्यक्ष गोविन्द बस्नेतलगायतको उपस्थिती रहेको थियो ।

https://www.youtube.com/watch?v=fxW92HOKyx4&t=580s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button