
धरान,
मृगौला फेल भई थला परेका अनिता राई आर्थिक अभावका कारण छट्पटाईरहेकी छिन् । इलाम जिल्लाको माङसेबुङ –४ की १८ बर्षीय अनिताको दुवै मृगौला फेल भएपछि ६ बर्षदेखि दर्दनाक पिडामा बाचीरहेकी छिन् । अहिले अनिता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेकी छिन् । उनको आर्थिक अवश्था कमजोर भएकाले उपचार हुन नसकेको उनको बुबा टिकाराम राई बताउँछन् । अनिताको बिराम गम्भिर बन्दै जान थालेको छ । उनको अनुहार सुनिएको छ भने छाती दुखेर श्वास फेर्न हुने अनिताले सुनाईन्
डाक्टरका अनुसार अनिताको फोक्सोमा पानी जमेको छ । फोक्सोमा जमेको पानी निकालेर उपचार भएपछि काठमाडौंमा गएर मृगौंला प्रत्यारोपण गर्न डाक्टरले सल्लाह दिएको उनका बुबा टिकाराम राईले सुनाए । अनिताले विगत ६ बर्षदेखि निरन्तर औषधी सेवान गरिरहेकी छिन् । अनितालाई वीपी प्रतिष्ठानको मेडिसिन युनिट ३ मा पुगेर जेठ ३१ गते नेपाल तरुण दलका सुनसरी कार्यबाहक अध्यक्ष सन्तोष बिश्वकर्माले ५ हजार रुपैयाँ, रवि राईले ५ हजार रुपैयाँ र दिपेश पौडेलले ५ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । अनितालाई सहयोग गदै सहयोगीहरुले बिरामीको उपचारका लागि देश विदेशमा रहेका सहयोगी हातहरुलाई आर्थिक उपचार सहयोग गर्न अपिल गरिएको छन् ।
अनिताको उपचारको लागि आर्थिक सहयोग संकलन गर्न एक समिति समेत गठन गरिएको छ । समितिमा सन्तोष बिश्वकर्मा, यौवन गुरुङ, डेबिट शाही ठाकुरी, कुमार राई लगायात रहेका छन् । यस समितिले स्वादेश तथा विदेशमा रहेका नेपालीलाई अनिताको उपचारका लािग सहयोगको याचना गर्ने र आर्थिक संकलनमा पहल गर्ने बताईएको छ । अनिताकी बुबाले छोरीको जीवन बचाई दिन देश विदेशमा रहेका सबै नेपालीलाई आर्थिक सहयोगको अपिल गरेका छन् ।