राजनीतिसमाचार

धनकुटाबाट प्रधानमन्त्री ओलीलाई ध्यानकर्षण पत्र

धनकुटा,

धनकुटाबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानकपर्षण पत्र पठाईइको छ । कोरोना भाईरस दिन प्रतिदिन फैलिदै गई महामारीको रुप गएकाले यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नु पर्ने माग राखी मंगलबार (आज) नेपाली कांग्रेस धनकुटाले धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र पठएका हो  ।  कोरोना भाईरसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न र आर डि टी परिक्षणलाई बन्द गरी व्यापक रुपमा पिसिआर परिक्षण गर्न र धनकुटा जिल्लामा कोरोना अस्पताल सहित सवै वडामा क्वारेन्टाईन स्थापना गर्न लगायतका विभिन्न मागहरु राख्दै कांग्रेसले ध्यानाकर्षण पत्र पठाएको छ ।

प्रधानमन्त्री ओलीलाई ध्यानार्कषण पत्र पठाउन नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,मनोनित सचिव रविन्द्र नेपाली,कोषाध्यक्ष दिनेश राई जिल्ला नगरसभापति रोशन श्रेष्ठ,नेपाल विद्यार्थी संघ धनकुटा अध्यक्ष बालान्द दाहाल,सविच सरोज धमला,आषिश कार्की लगायतले प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उक्त ध्यानाकर्षण पत्र कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले प्रस्तुत गरेका थिए ।

श्रमजिवि मजदुर,अपाङ्ग ,सवै वेरोजगारहरुलाई शिप अनुसारको काम उपलब्ध गराई कामको लागी खाद्यान्न कार्यक्रम संचालन गरी राहत उपलब्ध गराउनु पर्ने र बर्षात शुरु भएकोले बर्षातले पु¥याउन सक्ने क्षतीको अनुमान गरी हुन सक्ने क्षतीको रोकथामको लागि पूर्व तयारी गर्दै राहत तथा भौतिक समाग्रीहरुको उचित व्यवस्था तथा भण्डारण गर्नु पर्ने कांग्रेसका जिल्ला उपसभापति नविन किशोर शाक्यले वताए ।

https://www.youtube.com/watch?v=WHzecUKPSrI&t=1657s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button