
धरान,
सुनसरीको धरानमा झुण्डिएर एक महिलाले आत्महत्या गरेकी छिन् । बुधबार धरान ११ वरपिपल चोककी २९ वर्षिय गंगा रार्ईले सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । विहान करिब ५ बजेको समयमा छिमेकीले झुण्डिएको अवस्थामा भेटेपछि स्थानिय जनप्रतिनिधी र प्रहरीलाई खबर गरेको धरान ११ का वडासदस्य कल्पना थापाले बताइन ।
अविवाहित मृतक राईको आमा विदेशमा र बुवा अर्को श्रीमती संग बेलबारीमा रहेकाले घरमा गंगा एक्लै बस्दै आएकी थिइन । उनको मानसिक सन्तुलन गुमेकोले गर्दा उपचार गरी निरन्तर औषधि सेवन गर्दै आएकी थिइन । केही दिन अघिदेखि मृतकले औषधी सकिएको बताउँदै आएकी वडा सदस्य थापाले बताइन । छिमेकीका अनुसार घर र मृतक झुण्डिएको कोठाको ढोका समेत खुल्ला नै रहेको बताएका छन ।
खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानका टोली उक्त घटना स्थल गइ मुचुल्का उठाई शवलाई पोस्मार्टमका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उनी मानसिक सन्तुलन गुमेको हुनाले बेला बेला अस्वभाविक व्यावहार गर्ने गरेको स्थानीयका अनुसार प्रारम्भिक अनुसन्धानमा खुलेको ईलाका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् ।
https://www.youtube.com/watch?v=WHzecUKPSrI&t=472s