समाचारसमाज

व्यापारीसँग रकम असुल्ने नक्कली प्रहरी सुनसरीबाट पक्राउ

धरान,

घुमुवा प्रहरी भन्दै स्थानीय व्यापारीसँग पैसा असुल्ने एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । हरिनगरा गाउँपालिका ५ का असरार अहमद मियाँलाई गैरकानुनी तवरले पैसा असुल गरिरहेको बेला भुटाहा प्रहरी चौकीका प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार अभद्र व्यवहार सम्बन्धि कसुरमा ५ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार आरोपित व्यक्तिले सीमा छेउका व्यापारीलाई डर त्रास देखाइ रकम असुल गर्दै आएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button