समाचारस्वास्थ्य

विश्वमा कोरोना भाईसका कारण साढे ४ लाख बढीको मृत्यु ,८५ लाख बढी मंक्रमित दुइ सय १३ देशमा कहाँ कति

काठमाण्डौं

स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ५६ हजार २ सय ९१ जनाको मृत्यु भईसकेको छ भने ८५ लाख ७८ हजार ७ सय ५७ जनालाई संक्रमण भएको छ । त्यस्तै ४५ लाख ३० हजार ३ सय ४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५ सय ६१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २ सय १३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २० हजार ६ सय ८८ जनाको मृत्यु भईसकेको छ भने २२ लाख ६३ हजार ६ सय ५१ जनालाई संक्रमण भएको छ । त्यहाँ ९ लाख ३० हजार ९ सय ९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५ सय ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ९ लाख ८३ हजार ३ सय ५९ जनालाई संक्रमण भएको छ भने ४७ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ५ लाख २० हजार ३ सय ६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३ सय १८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ६ सय ६० जनाको मृत्यु भईसकेको छ भने ५ लाख ६१ हजार ९१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख १३ हजार ९ सय ६३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३ सय जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १ सय ३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९२ हजार ३४८ जनालाई संक्रमण भएको छ । त्यहाँ ६ सय १७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४२ हजार २ सय ८८ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४ सय ६९ जनालाई संक्रमण भएको छ । त्यहाँ ३ सय ७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ५ सय १४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३८ हजार १ सय ५९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ८० हजार ५ सय ४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ६ सय ३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५८ हजार ६ सय ४१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७३ हजार ८ सय ८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७ सय ५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९४६ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार १ सय २६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७४ हजार १ सय जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ सय ९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १२ हजार ६ सय ४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ८१ हजार ९१ जनालाई संक्रमण भएको छ । भारतमा २ लाख ५ हजार १ सय ८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वल्र्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ८ सय ८२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८४ हजार ३१ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५६ हजार २२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७ सय ५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ४६१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४४ हजार ३८८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ३१ हजार १ सय ९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २ सय ७२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९७ हजार ६ सय ४७ जनालाई संक्रमण भएको छ । यहाँ १ लाख ५६ हजार ९ सय ९१ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७ सय ९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार ३ सय जनाको मृत्यु भईसकेको छ भने १ लाख २ सय २० जनालाई संक्रमण भएको छ । त्यहाँ ६२ हजार ४ सय ९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९ सय ९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १९ हजार ७ सय ४७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ४ सय ५५ जनालाई संक्रमण भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६ सय ६७ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ६ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख २३ हजार ९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै चीनमा आज थप ३२ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ३ सय २५ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३ सय ९८ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ११ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ । यस्तै पाकिस्तानमा अहिलेसम्म ३ हजार ९३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६० हजार १ सय १८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५९ हजार २ सय १५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ सय ११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६ सय ८३ जनाको मृत्यु भईसकेको छ भने ६० हजार ३ सय ४८ जनालाई संक्रमण भएको छ । त्यहाँ १६ हजार ७ सय २४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ७८ जनाको मृत्यु भएको छ भने ४९ हजार ३ सय १९ जनालाई संक्रमण भएको छ । त्यहाँ ७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्विडेनमा ५ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार ४३ जनालाई संक्रमण भएको छ । त्यहाँ २ सय ७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

https://www.youtube.com/watch?v=_yExGHv5L3k&t=631s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button