समाचारस्थानीय

अंशवण्डाको निहुँमा भाईले दाजुको दाँत झर्ने गरी दिए मुक्का

[mashshare]

धरान,

सुनसरीको धरान– १५ स्थित अंशवण्डाको निहुँमा दाजु भाई बिच मुक्का हानाहान भएको छ । घरायसी विवादको क्रममा आफ्नै भाइले दाजुको दाँत झर्ने गरी हिर्काएपछि घटनाले फरक रूप लिएको हो । अंशवण्डाको निहुँमा दिनहुँजसो झगडा गर्दै आएका धरान –१५ का दाजु बमबहादुर र भाइ कुलबहादुर विक बीचको विवादले शुक्रबार ठूलै रूप लिएका छ । भाइ कुलबहादुरले तल्लो पट्टिको दाँत नै झर्ने गरी हिर्काएपछि घटना प्रहरीसामु पुगेको हो । दाजु बमबहादुरलाई कुटेको आरोपमा भाइ कुलबहादुर पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले घरायसी झगडा भए पनि दाजुले निवेदन दिएकाले पक्राउ गरी कारबाही अगाडि बढाइएको बताए । उनले भने, ‘दिनहुँ झगडा हुँदो रहेछ, त्यही क्रममा आज पनि झगडा भएको रहेछ ।’ बमबहादुरको दाँत झरेपछि अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button