समाचारस्थानीय

१३ वर्षीय बालिकाले किन गरिन् आत्महत्या

धरान,

सुनसरीको धरानमा एक बालिकाले आत्महत्या गरेकी छिन् । शुक्रबार (आज) धरान – १८ बुद्धचोक स्थित कोठा भाडामा बस्ने १३ वर्षिय बालिका अल्का मुख्याले आफ्नै कोठामा आन्महत्या गरेकी हुन् । दिउँसो ५ बजे तिर बालिकाले सलको पासो लगाइ झुन्डिएर आत्महत्या गरेकी छिन् ।

बाबुराम गुरुङको घरको भुँइतलामा कोठा भाँडा लिएर बसेकी सुनसरी जिल्ला कोशि गाउँपालिका (३ की कबिता मुख्याकी १३ बर्षिय बालिका अल्का मुख्याले आफुसुत्ने कोठाको फलामको बलोमा सलको पासो लगाइ झुन्डिएको अवस्था शव फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

धरान प्रहरीले घटना स्थलको मुचुल्का उठाइ शवलाई वीपी कोइराला स्वाथ्य प्रतिष्ठान धरान मर्चरीमा लगिएको छ । आफन्तले जाहेरी दिएपछि शव पोस्टमार्टम गरिने बताउँदै घटनाको बिषयमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=_yExGHv5L3k&t=522s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button