समाचारस्वास्थ्य

तनाव व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

धरान,

सुनसरीको धरानमा तनाव व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कोभिड –१९ का समयमा फिल्डमा गएर काम गर्ने संचारकर्मीहरुलाई तनाव हुने भएकाले सो तनाव कसरी व्यवस्थापन गर्ने भन्ने विषयक अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो । रुपान्तरण नेपाल जिल्ला कार्यसमिति सुनसरी धरानको आयोजनामा कार्यक्रम गरिएको छ । पछिल्लो समय विश्वमा पैmलिरहेकोे कोरोना भाइरसका कारण मानिसहरुमा तनावले डिप्रेशन सम्म पु¥याउने भएकाले त्यस्ता समस्याबाट के कसरी बच्न सकिन्छ भन्ने बारेमा वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका डा. नितेश सापकोटाले सहजीकरणका गरेका थिए । डा. रितेश प्रतिष्ठान मानसिक विभागका पूर्व प्रमुख तथा हालको प्रतिष्ठानका प्रवक्ता समेत रहेका छन् ।

तनाव ब्यवस्थापनलाई व्यवस्थित र तनाबाट टाढा रहन समयको पहिचान गरी सकारात्मक सोच,जीवन परिवर्तनका प्रयोगात्मक अभ्यास गर्न आवश्यक भएको डा. रितेशले बताए । विशेष गरी पत्रकारिता क्षेत्रमा लागेका पत्रकारहरु पनि कोरोना भाइसका कारण अहिले तनावमा हुने भएकाले सचेतनाको आवश्यकता महशुस गरेर रुपान्तरण नेपालले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष सबिता राईले बताइन् । सबैभन्दा बढी तनावमा पत्रकारहरु रहेको बेला रुपान्तरण नेपालले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेकोमा संस्थाको प्रशंसा गदै कार्यक्रम आवश्यक रहेको नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले बताए । कतिपय पत्रकारहरु कार्यालयको व्यवहारले पनि दिनप्रतिदिन तनावमा परी डिप्रेशन सम्म जाने अवस्था रहेको उनले भने ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले विशेषगरी पत्रकार जगत हरेक क्षेत्रमा दिनैपिच्छे जाने र हरेक तवरबाट बढी तनावमा रहने भएकाले कार्यक्रमको सदुपयोग गरी तनावको सामाना गर्न सुझाव दिए । ‘अहिले सारा नेपालमा सामाजिक दुरी ख्याल गर्नुपर्ने भनिरहेको छ यसमा मेरो केही असहमति छ सामाजिक दुरी नभई भौतिक दुरी कायम राख्नु पर्छ यस कुरामा सबैले ध्यान दिनु पर्छ’ सभामुख भण्डारीले सुझाव दिदै भने । सामाजिक दुरी भनेपछि आफुलाई अप्ठयारो लागेकाले पनि यस्तो प्रकारको शब्द प्रयोग नगरी भौतिक दुरी जस्ता शब्दको प्रयोग गर्न सबैलाई आग्रह गदै सभामुख भण्डारीले थपे । अभिमुखिकरण कार्यक्रममा रुपान्तरण नेपालका पदाधिकारी र विभिन्न मिडियामा कार्यरत धरानका पत्रकारहरु सहित ३० जनाले सहभागीता जनाएका थिए ।

https://www.youtube.com/watch?v=xFPHZ8B8OsY&t=66s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button