समाचारस्वास्थ्य

चट्याङका कारण एक सय सात जनाकोे मृत्यु

 

चट्याङका कारण भारतमा १ सय ७ जनाको मृत्यु भएको छ । भारतमा चट्याङका कारण १ सय ७ जनाको मृत्यु भएको हो । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै लेखेका छन, ‘बिहार र उत्तर प्रदेशका केही जिल्लामा भारी वर्षा र चट्याङका कारण मानिसहरुको निधन भएको दुःखद समाचार पाएँ । राज्य सरकार तत्परताका साथ राहत कार्यमा जुटेका छन् । यो आपतकालीन स्थितीमा जसले आफ्नो ज्यान गुमाउनुपरेको छ, उनीहरुको परिवारप्रति आफ्नो समवेदना प्रकट गर्छु ।’

कांग्रेस नेता राहुल गान्धीले पनि यस घटनामाथि दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री नितिश कुमारको कार्यलयको तर्फबाट जारी प्रेस विज्ञप्तिमा चट्याङका कारण मृत्यु भएकाहरुका लागि समवेदना व्यक्त गरिएको छ । मुख्यमन्त्रीले मृतकको प्रत्येक परिवारलाई चार लाख भारु प्रदान गरिने जानकारी समेत दिएका छन् ।

भारतको मौसम विभागले बिहारमा अबको ३ दिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरेको छ । मौसम विभागले भारती वर्षा र क्षतीको आशंका जताएको छ । भारी वर्षाका कारण जन धनको क्षती हुने, तल्लो स्थान जलमग्न हुने, यातायात र विजुली आपूर्ती अवरोध हुने र नदीको जलस्तरमा वृद्धि हुनसक्ने चेतावनी दिइएको छ ।

आज (शुक्रबारका) लागि राज्यका लगभग १० जिल्ला रेड जोन घोषित गरिएको छ । यसमा पूर्वी चम्पारण, पश्चिमी चम्पारण, गोपालगञ्ज, सितामढी, मधुबनी, सुपौल, अररिया, किशनगंज, पूर्णिया, सहरसा र मधेपुरामा अत्यधिक वर्षा हुने आशंका जताइएको छ ।

                                                                                                                                                                                                                           (एजेन्सी)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button