समाचारसमाज

धनकुटामा घर भाडा छुट गर्ने पूर्व अध्यक्ष सहित एक जना घरधनीलाई सम्मान

धनकुटा,

धनकुटा उद्योग बाणिज्य संघले शनिबार (आज) लक डाउनको कारण चरम संकटमा परेका धनकुटाका व्यापारी तथा व्यावासायीहरुलाई घर भाडा छुटगरी सहयोग गरेकाहरुलाई धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठ सहित सहित जिल्लाको प्रमुख व्यापारिक केन्द्र हुलाकटोलका १ सय जना घरधनीहरुलाई सम्मान गरेको छ ।

संघका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठ,गिता श्रेष्ठ, पूर्व अध्यक्ष स्वर्गीय कृष्णराज शाक्यका श्रीमती रुकमणी शाक्य,छोरा दिपक शाक्य,छोरी सावित्री शाक्य,समाजसेवी पूर्ण प्रसाद गुरागाई,सावित्री देवी श्रेष्ठ लगायत राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई श्रेष्ठ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,रेवती प्रसाद अधिकारी,सुनिता थापा,शोभा श्रेष्ठ लगायतले दोसल्ला ,खादा ओढाएर टिका लगाई दिई सम्मान गरेका थिए ।

यसैगरी घर भाडा मिनाहा गरी गर्ने धनकुटा नगरपालिका वडा नं. ७ का निर्वाचित वडा सदस्य सन्देश आठपहरीया, पुस्तकमाया राई, धनकुटा। ७ हुलाकटोलका समाजसेवी रोशन श्रेष्ठ,अनिता श्रेष्ठ, समिर खान,हर्क राई ,बिना राई,कलम वहादुर श्रेष्ठ,नारायणी श्रेष्ठ,विस्सेश्वर जोशी,सुनिता जोशी,प्रमिला जोशी,ईश्वर कुमार डंगोल,निर्मला श्रेष्ठ डंगोल, प्रकाश श्रेष्ठ,शोभा श्रेष्ठ,इन्द्र कुमारी उदास,नगेन्द्र श्रेष्ठ ,मनु श्रेष्ठलाई दोसल्ला आदा तथा टिका लगाई दिई आजै सम्मान गरिएको संघका कार्यालय प्रमुख सिचन प्रधानले बताए ।

यस्तैगरी लक डाउनको कारण विपत्तकीको मारमा परेका व्यावसायी तथा व्यापारीहरुलाई भाडा छुट गरी दुखमा सहयोग गर्ने वडा नं. ७ संगम टोलका,बद्री पौडेल,विक्रम पौडेल,पूर्ण प्रसाद गुरागाई,राम कुमारी गुरागाई,सुमन गुरागाई खगेन्द्र तिम्सिना,राधा तिम्सिना,रेवत दाहाल,सिता दाहाल,सावित्री श्रेष्ठ,सुष्मा श्रेष्ठ,रेवत श्रेष्ठ,मुन्नी श्रेष्ठ,शैलेस श्रेष्ठ,रुना प्रधान, ज्ञान वहादर कटुवाल,सिता कटुवाल, शान्त मिश्र,विष्णु मिश्रलाई लगायतलाई खादा,दोसल्ला ओढाएर टिका लगाई दिई बाणिज्य संघले सम्मान गरेको संघका कर्मचारी मुकेश राईले जानकारी दिए ।
संघका अध्यक्ष विजय सन्तोषी राईले उद्योगी,व्यावसायी,व्यापारीहरु लक डाउनका कारण महाविपत्तिमा परेकाले घर भाडा छुट गरी दुखमा परेका व्यावसायीहरुलाई सहयोग गरेकोमा धन्यवाद दिदै घर भाडा छुट गर्न बाकी रहेका जिल्लाका घरधनीहरुलार्ई घर भाडा छुट गरी महत्वर्पूण सहयोग गर्न आग्रह गरेका छन् ।

https://www.youtube.com/watch?v=xFPHZ8B8OsY&t=667s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button