
धरान,
एम सी सी सम्झौता मार्फत अमेरिकाले नेपालको भौतिक सम्पति लैजाने योजना बनाएको धरानका सामाजिक अभियान्ता हर्क साम्पाङलले आरोप लगाएका छन् । अमेरिकाले एक डलर दिएर हजारौ डलर लिने गरेको अभियान्ता साम्पाङले भानुचोकमा शनिबार बिरोध कार्यक्रममा बोल्दै बताएका हुन् । सम्झौता राष्ट्रघाती भएकाले एम सी सी सम्झौताको विरोध गरेको उनले बताए ।
एम सी सी विरुद्ध उत्रिएका साम्पाङले अमेरिका नेपालमा छिरेर उसको साम्राज्य फैलाउन एमसीसी अभिष्ट रहेको बताए । उनले देश, राष्ट्रियता र सर्वभौम अखण्डताको लागि एम सी सी को विरोध गर्नु परेको बताए । बिरोध सभामा बोल्दै साम्पाङले एम सी सी को धारा २ लाई प्रष्ट पारे । धारा ३ ले एम सी सी परियोजनाको लेखा परिक्षण लगायत सो परियोजनाले गरेको गतिविधि बारे केही पनि खोज्न नपाउने उनले बताए । नेपालमा रहेको युरेनियमको खानीमा अमेरिका लागेको उनले बताए । धारा ५ ले चाहेको वेला जहिले पनि अमेरिकाले नेपालका परियोजनाहरु अलपत्र छाडेर जान सक्ने प्रष्ट पारे । एम सी सी कै १२, ७ (क) १ मा एम सी सी नेपालको कानूनले खारेज नहुने व्यवस्था रहेको उनले सुनाए । सबै नेपालीहरुलाई राष्ट्रघाती एम सी सी विरुद्ध सडकमा उत्रन उनले आव्हान समेत गरे ।
एम सी सी कै विरोधमा सडकमा आउन छाडेर घरमा सुत्नेहरुले भ्रष्ट्रचारी सरकारलाई सहयोग पु¥याएको अर्का अभियान्ता सरोज चौलागाइँले बताए । एम सी सी सत्ताको खेल भएको बताउँदै नेपालको संविधान भन्दा माथिको एम सी सी सम्झौता कुनै हालतमा मान्य नहुने चौलागाईको भनाई छ ।े अहिलेको सरकारले कोरोनाको जोखिम देखाएर सर्वसाधरणलाई घर घरमा थुन्न गरेको लकडाउन अहिले आएर निस्डाउन भएको टिप्पणी गदै सत्ता पक्ष र प्रतिपक्षी दलका नेता शेरवहादुर देउवालाई जेल नहाले देशको विकास नहुने उनले बताए । एम सी सी ले देशमा द्धन्द पैदा गर्ने चौलागाईको भनाई थियो ।
बिरोध कार्यक्रममा बोल्दै स्थानीय रत्नमनि राईले जनताले देश वेच्न मताधिकार प्रयोग गरेर सरकारलाई अधिकार नदिएको बताए । अहिलेकोे सरकारलाई नेपाली जनताले सरकार चलाउन मत दिएको तर उपनिवेश वनाउ नदिएको राईको भनाई छ । पानी झरीको प्रवाह नगरी स्वतःस्फुर्त धरानका देशभक्तहरु भानुचौकमा उत्रिएका थिए । एम सी सी सम्झौता पारित गरे सरकारलाई मुलुकमा बस्ने हैसियत नरहने विरोध सभाका सहभागीहरुको भनाई थियो ।