समाचारसमाज

धनकुटाको पर्यटकीय केन्द्र भेडेटारमा बजार अनुगमन

धनकुटा

धनकुटा जिल्ला बजार अनुगमन समितिले धनकुटाको पर्यटकीय केन्द्र भेडेटारमा किसाना पसल लगायत विभिन्न पसलहरुमा अनुगमन गरी व्यापारी तथा व्यावसायीहरुलाई मुल्य सूची राख्न,सामाजिक दुरी कायम गरी सुरक्षती ढंगले व्यवासया संचालन गर्न र म्याद सकिएको खाद्य समाग्रीहरु नवेच्न आग्रह गरेको छ ।

धनकुटा जिल्ला बजार अनुगमन समितिका संयोजक तथा धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ,घरेलु कार्यालय धनकुटाका प्रमुख दिनेश दुंगाना,करदाता सेवा कार्यालय धनकुटाका प्रुमख रमेश ढकाल,लेखा अधिकृत गिताचार्य आचार्य,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई,भेडेटार प्रहरी चौकीका प्रमुख युद खड्का ,सागुरगढी गाउपालिका वडा नं. ६ भेडेटारका अध्यक्ष यम प्रकाश मागर, जिल्ला प्रशासन कार्यालय धनकुटाका नायव सुब्बा रत्न दर्लामी,खाद्य तथा गुणस्तर डिभिजन कार्यालय धनकुटाका प्रमुख शिव शकर मिश्र,उपभोक्ता संरक्षण हित मञ्जका पूर्ण खतिवडा,संचारकर्मी कविराज घिमिरे लगायतको टोलीले भेडेटारमा बजार अनुगमन गरेको हो ।

अनुगमनको क्रममा म्याद सकिएका समाग्रीहरु पसलहरुमा भेटिएकोले व्यापारीहरुलाई सचेत गराएको थियो । उक्त टोलीले धनकुटाको पर्यटकीय स्थल भेडेटारमा संचालित किसाना पसल लगायत विभिन्न पसलहरुको अनुगमन गरी व्यापारी तथा व्यावसायीहरुलाई मुल्य सूची राख्न सामाजिक दुरी कायम गरी सुरक्षीत ढंगले व्यवासाय संचालन गर्न र म्याद सकिएको खाद्य समाग्रीहरु नवेच्न आग्रह गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । उक्त अनुगमन टोलीले पूर्वी पहाडी जिल्लाका प्रमुख प्रवेशद्धार तथा नाकाको रुपमा रहेको सुरक्षा चेक पोष्टको समेत निरिक्षण गरी दैनिक उपभोग्य समाग्रीहरु ,निर्माण समाग्रीहरु बोक्ने सवारी साधनको चेकिगको वारेमा र ढुवानीको अवस्था लगायत विविध विषयमा जनकारी दिएको थियो । भने भेडेटारकै नाम्जेको पहिरोको समेत निरिक्षण गरेको थिए ।

अनुगमन टोलीले धनकुटा जिल्लाको सिधुवा बजारका भरखर अनुगमन गरिएको र धनकुटा जिल्लाका अन्य बजारहरुमा समेत अनुगमन गरिने अनुगमन समितिका सदस्य सचिव तथा घरेलु कार्यालय धनकुटाका प्रमुख दिनेश ढुंगानाले वताउनु भयो । अनुगमनको क्रममा करदाता सेवा कार्यालय धनकुटा र घरेलु कार्यालय धनकुटा लगायत सम्वन्धित सरकारी कार्यालयहरुबाट व्यापारी तथा व्यावसायीहरुलाई प्रदान गरिने सेवा लगायत करको वारेमा समेत जानकारी गराईएको करदाता सेवा कार्यालय धनकुटका प्रमुख रमेश ढकालले वताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button