
काठमाण्डौं,
ओलीे सरकार जनताको आँखामा असफल बन्दै गएको जानकारहरुले बताउन थालेका छन् । सरकार जनताको अविभावक हो । वर्तमान सरकार आएदेखि नै समस्यै समस्या र काण्डै काण्डबीच अल्मलिएकोे यात्री जस्तै देखिन थालेको जानकारहरु बताउँछन् । उद्देश्यविहीन र कर्तव्यविहीन मार्गबाट अगाडि बढेकाले ओली सरकारको औचित्य अब समाप्त उनीहरु भन्छन् । यो जनताका लागि बोझ जस्तै भएको छ । त्यसैले होला हाम्रा प्रधानमन्त्री एक्लै चिच्याइरहेका छन् ।
भारतले प्रधानमन्त्री पदबाट हटाउन थाल्यो, कहिले प्रतिपक्षले काम गर्न दिएनन् भनेर पाटी भित्रै तनाव उत्पन्न गराएको पाटीका नेताको भनाई छ । उनीहरु भन्छन् पार्टीभित्रको ठूलै जमातले उनको राजीनामा मागिरहेका छन् । यसै सन्दर्भमा महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनको भनाइ कहिलेकाहीँ मानिसहरु सित्तैँमा पाएको वस्तुका लागि सबभन्दा महँगो मूल्य चुकाउँदछन् । आज राष्ट्रले पनि त्यही ठूलो मूल्य चुकाउनु पर्नेे नियती देखिन्छ । आफ्नै पार्टीभित्रका नेताको चर्को आलोचना खप्न नसक्ने र जनताको आवाज मुखरित गर्ने थलो संसद्को अधिवेशन हटात् रूपमा बन्द गर्ने ओली सरकारको निर्णयले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको देखिन्छ ।
यस्तै एउटा नयाँ काण्ड हो, यही असार १४ गते जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीको अवसरमा आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरुको समेत संलग्नता रहेको गम्भीर आरोप लगाउँदै गर्दा उनी चारैतर्फ आलोचित मात्र भएन आफ्नै पार्टीको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष प्रचण्ड र अन्य नेताबाट दुवै पदबाट राजीनामा मागिएको छ । उनको यो भनाइ अरूलाई खुइल्याउने र आफूभन्दा सर्वेसर्र्वा अरू कोही छैन भन्ने मनोरोगले ग्रस्त तर्क सार्वभौमसत्ता सम्पन्न जनता, राजनीतिक दल एवं प्रधानमन्त्री पदको समेत धज्जी काड्दै उपहास गर्न पुगेका छन् । आफ्नो कमजोरीलाई छोप्न भारतले प्रधानमन्त्री पदबाट हटाउन चलखेल ग¥यो भनी रोइलो गर्नु नेपाल राष्ट्रको नै बेइज्जत हो ।
राष्ट्र सङ्कटको अवस्थामा रहेको बेला सरकार चुस्तदुरुस्त भई राष्ट्रिय सहमति कायम गरी सरकारी निकायलाई प्रभावकारी बनाई भ्रष्टाचारलाई निरुत्साहित गर्दै कोरोनाको कहर भित्र जनताको हितमा काम गर्नुपर्ने घडीमा पनि आफ्नै दल, विपक्षी एवं आफूविरुद्ध सडकमा ओर्लिएको नागरिकको आवाजलाई रोक्न नसकी नक्सा संशोधनको विषयलाई राष्ट्रियताको विषयमा गरेको महान कार्य भन्दै मभन्दा अरू कसैले नेपालको प्रतिष्ठा जोगाउन सक्दैनन् भन्नुले पनि नेपाली जनता र प्रधानमन्त्री पदको कूटनीतिक सीमा मिचेको पाटी भित्रकै नेताहरु बताउँछन् ।
प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैलीले देश अक्रान्त हुनुको साथै सार्वभौमसत्ता सम्पन्न सदनको मानमर्दन पनि हो भन्ने कुरा राजनीतिक विश्लेषकहरुले पनि बताइरहेका छन् । उनको यो भनाइ आफ्नो आन्तरिक राजनीतिक सीमाभन्दा बाहिर गएर आफ्नो सत्ता ढाल्न भारत सक्रिय भएको आरोप आम नेपाली जनताले विश्वास गरेको देखिँदैन । केही समय अघिदेखि नै ओली सरकार राज्य सञ्चालनका सबैजसो क्षेत्रमा असफल देखिन्छ । कारण यो सरकारको आधाकाल सकिँन लाग्दा पनि निर्वाचनको समयमा जनतासँग बाँडेका मीठा सपना आज झुठको पुलिन्दा सावित हुन पुगेका छन् । न त उनले सरकार ठीक ढङ्गले सञ्चालन गर्न सके न त आफ्नो पार्टी नै ठीक ढङ्गले सञ्चालन गर्न सफल भए । आफ्नै मनोमानी ढङ्गले सरकार र पार्टी सञ्चालन गर्दा आज नागरिक, प्रतिपक्ष दल एवं आफ्नै दलका समकक्ष नेताबाट आलोचित बन्न पुगेका छन् ओली सरकार । जनतालाई लगातार ढाट्दै समृद्ध नेपाल सुखी नेपाली बनाउँछु भन्ने कुरा नारामा मात्र सीमित हुन पुगेको देखिन्छ ।
नेपालको इतिहासमा सबैभन्दा राम्रो काम गरेको भन्ने भ्रम जति छरे पनि प्रधानमन्त्री ओलीको स्वाभावले सबै हैरान भइसकेको देखिन्छन् । कोरोनाको महामारीको व्यवस्थापनमा उनको असक्षमता, अपारदर्शिता, नालायकपन तथा गैरजिम्मेवारीबाट प्रष्ट भइसकेको छ । मुलुकले महामारीको सङ्कट झेलिरहेको बेला यसभन्दा अगाडि नै दुईवटा अध्यादेश राजनीतिक दल परित्याग एवं संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संविधानवाद र लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध नभएको सावित गरिसकेका छन् । फेरि चालू संसद् अधिवेशनलाई एकाएक बन्द गरेर अध्यादेशमार्फत विधेयक ल्याउने चोर बाटो समाउन थालेको कुरा चिया पसल सम्म टीकाटिप्पणीको विषय बनेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने कार्य राष्ट्रिय स्वाधीनता र एकताले मात्र सम्भाव भएको हो । अझै भूमि फिर्ता भएको छैन । ओली सरकारले यस कुरालाई आफूले मात्र गरेको महान कार्य ठानेर आफूलाई देवत्वकरण सम्झनु कति उचित होला ।