
काठमाण्डौं
थप १ सय ८० जनामा कोरोना भाईरसका संक्रमित पुष्टि भएको छ । २०७७ असार २२ नेपालमा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । २०७७ असार २२ गते २ सय ६४ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।
यस सँगै हाल सम्म डिस्चार्ज हुनेहरूको संख्या ६ हजार ८ सय ११ जना पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले बताएका छन् । यता प्रदेश १ मा भने हालसम्म ७ सय १० जना संक्रमित रहको मा ४ सय ६९ जना निको भएका छन् ।