
काठमाण्डौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि सत्तारूढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रतिरक्षामा लागेका छन्।् । पार्टी फुटाएको आरोप लाग्न सक्ने भयबीच नेता–कार्यकर्ताले देशव्यापी रूपमा एकताका लागि दबाब दिएपछि दाहाल प्रतिरक्षात्मक बनेका हुन्। । प्रधान्मन्त्री ओलीसँग निरन्तर २ दिन सम्म छलफल गरेका दाहालले आफ्नो समूहबाट उठाइएका मागको प्रतिरक्षा गर्न थालेका छन्।् । ‘पार्टी फुटाउन लागेको भन्दै प्रचारबाजी गरिएपछि एकपटक एक कदम पछाडि सर्दा भोलिका दिनमा विधि र पद्धतिमा पार्टी सञ्चालनमा सहयोग पुग्छ भन्ने मनशायले दाहाल छलफलमा लागेका छन्,’ उनीनिकट स्रोतले भन्यो।
ओलीले सरकार ढाल्न भारत लागेको बताएपछि आक्रोशित नेकपा शीर्ष नेताले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा माग्दै आएका छन्। यसले ठूलै दरार उत्पन्न भएर पार्टी विभाजनको सँघारमा पुगेपछि दाहाल तत्काललाई पार्टी विभाजन रोक्न आफ्नो समूहले उठाएका मागको प्रतिरक्षामा लागेका हुन्। स्थायी कमिटीमा दाहाल समूहको स्पष्ट बहुमत छ । तर पनि ओलीलाई तत्कालै प्रधानमन्त्री पदबाट फिर्ता बोलाउने र अध्यक्षबाट राजीनामा दिन लगाउने दुवै निर्णय पाटीका लागि प्रत्युत्पादक हुने ठान्दै दाहाल सहमति खोज्ने प्रयासमा लागेका छन् ।