राजनीतिसमाचार

कांग्रेस सरकारमा जान लाग्यो कि भन्ने आशंका नगर्नु होला ः विश्वप्रकाश शर्मा

[mashshare]

काठमाण्डौं,

नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई पाटी सरकारमा जान लाग्यो कि भन्ने भ्रम नराख्न आग्रह गरेको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पाटीभित्र देखिएका आन्तरिक विवादसँग जोडिएर आएका खबरहरू बारे टिप्पणी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस अहिलेको सरकारमा जाने भन्ने भ्रम नराख्न आग्रह गरेका हुन्।

‘कांग्रेस सरकारमा पो जान लाग्यो कि भन्ने आशंकामा नरहन देशैभरका नेता र कार्यकर्तालाई आग्रह गर्दछौं,’ उनले भने, ‘नेकपाका साथीहरूलाई पनि यसबारे कुनै पनि भ्रम नराख्दा हुन्छ।’ कांग्रेसलाई प्रधानमन्त्री वा आकर्षक मन्त्रालयका प्रस्ताव आए भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै शर्माले सो विषयलाई रमाइलोका रूपमा लिइरहेको शर्माले प्रतिक्रिया दिए । ‘अहिले उहाँहरूबाट कुनै गुलियो प्रस्तावहरू पनि आउन सक्दछन्।् त्यसमा हामी लहसिने भन्ने कुरामा विल्कुलै छैनौं,’ शर्माले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button