समाज

अनिवार्य मास्क सुनसरी प्रशासनद्वारा सुचना जारी

धरान,

गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न सबैमा अनुरोध गरेको छ । प्रशासले सुचना जारी गर्दै निर्देशनको पालनाको गर्न आग्रह गरेको हो । सूचना अनुसार जनस्वास्थ र सुरक्षा मापदण्ड कडाइपूर्वक पालना नगरेमा संक्रमण रोग एन २०२० बमोजिम कडा कारवाही गरीने जनाइएको छ ।

अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कने र निस्कनु परेमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नु पर्ने बतार्एको छ । मास्कको प्रयोग घरबाहिर निस्किएमा सुरक्षाकर्मीले तुरून्त नियन्त्रणमा लिई संक्रामक रोग एन बमोजिम कडा कारवाही हुने सुचनामा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विनोद शर्माका अनुसार गृहमन्त्रालय र जिल्ला प्रशासनबाट पनि सुचना जारी भएकोले असार २३ गते मंगलबार माइकिङ गरेर सर्वसाधारणलाई जानकारी दिने र असार २४ गते बिहिबार देखि कडा कारबाही हुने बताईएको छ ।

प्रशासनले घरबाहिर हिडडुल गर्दा, सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरेर मात्र आवातजावत गर्न भनिएको छ । सार्वजनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा सेवाग्राही तथा सेवा प्रदायकले अनिवार्य रुपमा २ मिटरको सामाजिक दुरी कायम गर्ने , मास्क अनिवार्य प्रयोग गर्ने र साबुन पानीले बारम्बार हात धुने तथा सेनिटाइजरको प्रयोग गर्न सुचनामा भनिएको छ ।

https://www.youtube.com/watch?v=voSUUVCUolw&t=697s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button