धरान,
धरानको विजयपुर बेलडाँडामा आगोलागी भएको छ । धरान १४ बेलडाँडाका विष्णु राई र कमल राईको घरमा आगलागी भएको प्रहरीले बताएको हो । विष्णु राईको घरबाट आगलागी शुरु भएको बताइएको छ । आगलागीबाट विष्णु राईको पुरै घर जलेको छ भने कमल राईको आधा घर जलेको छ । ग्याँस लिक भएर आगो लागेको हुन सक्ने बताइएको छ ।
कमलको घरमा भाँडामा बस्ने सनमाया राईको सामसुङ फोन आधा तोला सुन फ्रिज र ¥याक जलेको साथै नगद एक लाख पैँतिस हजार राखेको बताइएको छ । घर धनी ईश्वर राईका अनुसार ८ सय किवी सखुवाका काठ नयाँ घर बनाउन राखेको सबै काठ जलेर नष्ट भएको बताइएको छ । आगो लागीमा ३२ लाख बढीको क्षति भएको प्रहरी जनाएको छ । उपमहानगरपालिकाको दमकल , स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् ।