
धनकुटा,
धनकुटा नगरपालिका वडा नं. ६ विचबजारमा जनउत्थान वहुउदेश्यिय सहकारी सस्था धनकुटाले सुपथ मुल्यमा सहकारी पसल संचालन ल्याएको छ । दैनिक उपभोग्य समाग्रीहरु लगायत ताजा तकारीहरु सुल्भ मुल्यमा बिक्री बितरण गरी उपभोक्तालाई सेवा दिने लक्ष्यका साथ पसल संचालनमा ल्याईएको हो । उक्त सुपथ पसलको उद्घाटन प्रदेश सभाका सांसद लिला सुब्बाले गरेकी थिइन् । उद्घघाटन गर्दै सुपथ मुल्यको सहकारी पसलले बजार भाउ नियन्त्रण हुने र उपभोक्ताहरुलाई सेवा पुग्ने विश्वास सांसद सुब्बाले व्यक्त गरिन् ।
सहकारी संस्थाका अध्यक्ष दिनेश राईको अध्यक्षतमा भएको पसलको उद्घघाटन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ,घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख दिनेश ढुंगाना लगायतले उपभोक्ताहरुको हितका लागि प्रत्येक बजारमा एउटा सुपथ मुल्यको सहकारी पसल खोल्नु पर्नेमा जोड दिएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रदेश सरकार मार्फत एक लाख ८० हजार अनुदान प्राप्त गरी अन्य जनउउत्थान वहुउदेश्यिय सहकारी संस्था धनकुटाका लगानी गरी जम्मा ८ लाख रुपैया वरावरको लागतमा पसल संचालनमा ल्याएको संस्थाका अध्यक्ष दिनेश राईले जानकारी दिए ।
https://www.youtube.com/watch?v=voSUUVCUolw&t=796s