
धरान,
सुनसरीको धरानबाट प्रहरीले लागुऔषध खैरो हिरोइन् सहित ३ जना युवालाई पक्राऊ गरेको छ । असार २८ गते धरानको वार्ड नं. ८ मा दिउँसो करिब साढे ५ बजे भित्री सडकमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा धरान १८ शिवमार्गका २६ बर्षीय प्रवल राईलाई प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट १५० मिलिग्राम खैरो हिरोइन् फेला परेको प्रहरीले जनाएको छ । उनलाई प्रारम्भिक सोधपुछ गर्दा वडा नं ८ का २४ वर्षीय सविन रानामगरको माध्यमबाट खरीद गरेको खुलेको थियो । त्यसपछि प्रहरीले सविनलाई पनि पक्राउ गरेर थप सोधपुछ गर्दा सोही वडा ८ का ३७ बर्षीय सुमेन मोक्तानसँग खरिद गरेको खुलेको थियो । यसरी ३ जना युवालाई प्रहरीले पक्राऊ गरेका थिए ।
प्रहरील सुमनको घर खानतलासी गर्दा कोठामा लुकाई राखेको अबस्थामा १५० मिलिग्राम खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका ३ नै जनालाई आज (सोमबार) सुनसरी जिल्ला अदालतबाट अनुसन्धान कार्यको लागि म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
https://www.youtube.com/watch?v=0_MgXsCTLOU