
धनकुटा,
कोरोनाका कारण लामो समय सम्म लकडाउन भएकाले ऋणको ब्याज मिनाहा गर्न र किस्ता बmुभाउने समय ५ महिना थप गर्न माग राख्दै धनकुटामा पर्दशन र धर्ना शुरु गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघको अगुवाईमा धनकुटामा प्रर्दशन गरी राष्टिय बाणिज्य बैक धनकुटा लगायत विभिन्न बैकहरुमा धर्ना लिई गर्भनरलाई स्थानीयवासीले ज्ञापन पत्र पठाएका छन् ।
बैक तथा वितयि सस्थाहरुबाट किस्ता बुझाउन व्यापारीलाई लगातार दवाव दिएपछि धनकुटा उद्योग बाणिज्य संघले असार ३० गते मंगलबार धनकुटामा ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद सार्न माग गर्दै प्रर्दशन र राष्टिय बाणिज्य बैक धनकुटा र साग्रिला विकास बैक धनकुटा लगायत विभिन्न बैकहरुमा धर्ना दिई गर्भनरलाई ज्ञापन पत्र पठाएको वाणिज्य संघका अध्यक्ष विजय सन्तोशी राईले जानकारी दिए ।
ज्ञापन पत्र बुझाउन बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राई श्रेष्ठ ,महासविच राम वहादुर गोङ्वा,घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य रेणु श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिखे,अम्विका धमला,रेवती प्रसाद अधिकारी,नगेन्द्र काफ्ले,सुनिता थापा,रिदम श्रेष्ठ,उज्वल कर्माचार्य लगायतले ऋणको ब्याज मिनाहा गर्नु पर्ने र किस्ता बुझाउने म्याद ५ महिना पर सार्नु पर्ने माग राखेका छन् । माग पुरा नभए सवै बैकहरुमा धर्ना दिने र बैकहरु वहिष्कार गर्न समेत सकिने र आन्दोलनलाई अझ सशक्त बनाउने उनीहरुको भनाई छ ।
प्रर्दशन र धर्ना पछी राष्टिय बाणिज्य बैक धनकुटा शाखाका प्रवन्धक केनदिप श्रेष्ठ मार्फत राष्ट बैकका गर्भनरलाई ऋणको ब्याज मिनाहा गर्न , किस्ता बुझाउने समय सार्न र व्यापार व्यावसाय र उद्योग संचालन गर्न उद्योगी व्यावसायीहरुलाई आकस्मिक कर्जा,पुर्नकर्जा,सहुलियत कर्जा ततकाल उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र पठाएका थिए ।
प्रर्दशन कार्यक्रममा व्यावसायी तथा समाजसेवी यूवा नेता ऋषीराम ढुंगाना, सौन्र्दय कला व्यावसायी संघ धनकुटाका सचिव एलिना श्रेष्ठ,सहसचिव सानुमाया श्रेष्ठ, स्मिता जोशी, धनकुटाका व्यावसायी तथा व्यापारीहरु समिर खान,बद्री प्रसाद पौडेल,राधा तिम्सिना,सिता दाहाल,चन्द्रकला धमला,युवाराज निरौला,रेणुका अर्याल, उद्योग बाणिज्य संघका कार्यालय प्रमुख सिचन प्रधान,कर्मचारीहरु मुकेश राई,मनिषा श्रेष्ठ,नवराज श्रेष्ठ लगायत धनकुटाका व्यावसायीहरुको सहभागीता रहेको थियो ।
https://www.youtube.com/watch?v=rOJ8rdK5AM8