समाचारसमाज

प्रहरी र अपराधी बि सुनसरीमा गोली हानाहान

सुनसरी,

नेपाल प्रहरी र अपराधिक समूहबीच सुनसरीमा गोली हानाहान भएको छ । बिहीबार राति ९ बजे जिल्लाको देवानगञ्ज गाउँपालिका ३ मा नेपाल दोहोरो गोली हानाहान भएको हो । जिल्ला प्रहरीको नियमित गस्ती अन्तर्गत सर्च अप्रेसनको क्रममा गस्तीमा रहेको प्रहरी टोली र अपराधिक समूहबीच गोली हानाहान हुँदा दुईजना घाइते भएका छन् । दुबै तर्फको फाइरिङ हुँदा करिब १०–१२ राउण्ड गोली चलेको प्रहरीले जनाएको छ ।

दोहोरो फाइरिङ हुँदा दुई जनालाई गोली लागेको र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा राजेश र पिन्टु भन्ने व्यक्ति रहेका छन् । अपराधिक समूहका दुबैलाई खुट्टामा गोली लागेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=xFPHZ8B8OsY&t=48s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button