
दिल बहादुर राई
पहिला पहिला आम्दानी नहुने गरिबले खाने सिस्नोको साँग आजभेली धनीहरुको भान्सामा महँगो मुल्यमा पुग्न थालेको छ । ‘सिस्सो’ प्रकृतिको एउटा बरदान मान्छि । कुनै एक समय हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा । आम्दानी नभएका मानिसहरुले गाउँघरमा बिहान बेलुका तरकारीको रुपमा सिस्नोलाई प्रयोग गर्ने गथ्थे । आया श्रोत नभएका गरिबले कुनै बेला साँझ बिहान छाक टार्ने सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँगो खानाको परिकार मध्ये पहिलो नम्बरमा पर्न लागेको छ ।
कुनै बेला पैसावालहरुले घरभित्र छिराउन मिल्दैन भनिने सिस्नो अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर महँगो मुल्यमा बिक्री हुने गरेको पाईन्छ । सिस्नोको उत्पादन, प्रशोधन र बिक्री गर्दै आएको सुनसरीको हिमालयन एग्रो प्रोडक्टले सिस्नोको पाउडर बनाएर देशका मुख्य शहरहरूमा बिक्री गरीरहेका छन् । सिस्नोको पाउडर अहिले देशको शहरहरुमा मात्र सिमित छैन अमेरिका, बेलायत, जापान, हङकङ, कोरिया लगायतका मुलुकहरूमा विक्री हुन थालेको छ ।
सिस्नोको नियमित प्रयोगले स्वास्थ्यमा पर्ने सकारात्मक परिवर्तन त हुन्छ नै यसवाट धेरै पोषक तत्व पनि पाउन सकिन्छ । सिस्नोवाट क्याल्सियम, प्रोटिन, भिटामिन सि, काब्र्रोाईडेट, फाइवर, फस्फोरस र फलाम पाईन्छ भने मुटु रोग, मधुमेह, गर्भवती तथा सुत्केरी महिलालाई फाईदा गर्दछ । त्यसतै उच्च रक्तचापलाई कम गर्छ । प्रोस्टेड ग्लाण्डर वाथको समस्यालाई फाइदा पु¥याउछ । बारी, खेतका डिल र जंगलमा बेवारिसे अवस्थामा रहेको सिस्नोलाई पछिल्लो समय कृषकहरुले व्यावसायिक खेतीका रूपमा अँगाल्न थालेका छन् । विज्ञहरुको भनाईलाई विभिन्न मिडियाले समाचार र भिडियोको माध्यमबाट प्रसारण तथा प्रकाशन गर्न थालेपछि अहिले सिस्नो चर्चामा छ । मानिसहरुले सिस्नो खोजी खोजी खान थालेका छन् । त्यसैगरी छाला र कपालको स्वास्थ्यलाई सुधार गर्छ अनुहारलाई चम्किलो वनाउँछ साथै कपाल झर्ने समस्याको रोकथाम गर्दछ ।
पैसावाला धनीले खानु हुदैन भन्ने मान्यता रहेको र गरिब मानिसले खाने सिस्नो अहिले मानिसहरुले वर्षमा २ ÷ ४ छाक खोजी खोजी खाने गरेको कृषि प्राविधिक पुस्कार आर्चय बताउँछन् । अहिले सिस्नोको महत्व सबैले बुझ्न थालेकाले सिस्नो लोकप्रिय बन्दै गएको उनी बताउँछन् । ‘पहिला पहिला मानिसले गल्ती गरेका बखत उसलाइृ सिस्नोले सम्झाउने सिस्नो लगाई दिने डर देखाउने नैसिक दिने चलन पनि थियो । सिस्नोले पोल्ने चिलाउने र पोका उठाउने हुन्थ्यो २४ घण्टापछि निको हुन्थ्यो , त्यस बाहेक गाईबस्तुलाई खोले र सिस्नोको मुन्टा गरिबले दाल ,तरकारीको रुपमा प्रयोग गर्दथे, आजभोली मानिसले बुझ्न थालेका छन् खोजेर खान थालेका छन् यस्को महत्व बुझm्दैछन्’ प्राविधिक आर्चय भन्छन् ।
सिस्नो नेपालको संखुवा सभा,धनकुटा,पाँचथर,तेह्थुम, गोरखा, सिन्धुपाल्चोक, दोलखा लगायत देशका विभिन्न ग्रामीण क्षेत्रमा पाईन्छ । देशमा रहेका विभिन्न सहकारीहरूले संकलन गरेका सिस्नोलाई राजधानीमा ल्याई प्रशोधन गरी प्याकेजिङ र ब्राण्डिङ गरी हिमालयन एग्रो प्रोडक्टले तयार गरेको रावा नामक ब्राण्डको सिस्नो सुप र चिया अत्यन्तै लोकप्रिय रहेको दाबी गर्छन्, संस्थाका प्रबन्ध निर्देशक विशाल राई । सिस्नोको पाउडर वार्षिक ६० देखि ७० लाख सम्मको बिक्री गदै आएका राईले आन्तरिक तथा बाह्य बजार विस्तार गर्नेतर्फ लागेको बताउँछन् ।
सिस्नोको खाने तरिकार र फाईदा यस्ता छन् ।
– सामान्यतया सिस्नोलाई पखाली उम्लेको तातो पानीमा राखी घोटेर पकाउने प्रचलन छ । विशेष गरि यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेमा पकाइन्छ ।
– तर, विदेशमा बटरमा प्याज, लसुन, लिक, गाजर, फुराएर भेज स्टक र आलु राखेर सिस्नु पकाइन्छ । यसलाई बल्याण्ड गरेर छानिन्छ । अन्त्यमा नुन मरिच र क्रीम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने प्रचलन छ ।
– सिस्नुको चिया पनि त्यतिकै प्रचलित छ । यसलाई निकै स्वास्थ्यवद्र्धक पनि मानिन्छ । यसलाई ग्रीन(टि कै तरिकाले सेवन गरिन्छ । र, यसलाई जुसको रुपमा पनि पिउन सकिन्छ ।
– सहजताका लागि अहिले सुपर मार्केटमा सिस्नोको पाउडर पनि उपलब्ध छ । यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।
– सिस्नोको फुलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ । यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ ।
औषधीय गुण
– सिस्नोले मुटु सम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ ।
– यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।
– सीस्नो गर्भबती तथा सुत्केरी महिलालाई समेत खुवाइन्छ । उनीहरुका लागि सिस्नो अति फाईदाजनक मानिन्छ ।
– तपाईमा उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ र्पुयाउँछ ।
– प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ ।
– सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मदत र्पुयाउँछ ।
– यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल र्झनबाट रोक्ने काम गर्छ ।
– सिस्नोले शरिरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले डिएनए क्षयीकरण हुनबाटसमेत रोक्ने काम गर्छ ।
– पिसावको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाईदाजनक हुन्छ ।
– शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मदत र्पुयाउने गर्छ ।
– शरिर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ ।
बहुउपयोगी सिस्नो
– सिस्नो जती काट्यो त्यति पलाउने भएकाले खेती गरे पनि लाभ उठाउन सकिन्छ । यसलाई तारे होटेलदेखि विदेशमासमेत विक्री गर्न सकिन्छ ।
– औषधीको प्रयोजनका लागि सिस्नोको अत्याधिक माग हुने भएकाले यसलाई विदेश निर्यात गरेर आर्थिक लाभ लिन सकिन्छ ।
– यो मानिसको लागि मात्र नभई जनावरका लागि पनि स्वस्थकर मानिने अनुसन्धानले देखाएको छ । गाई भैसीलाई सिस्नो खुवाउदा निरोगी हुनुको साथै दुध पनि बढी दिने गर्छ ।
– सिस्नोको फुल र जरा कुखुरालाई खुवाएर आण्डा उत्पादनलाई बढाउन सकिन्छ ।
– यसको जरा औषधीको रुपमा प्रयोग गरिन्छ ।
– सिस्नोबाट क्याल्सीयम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्वोहाइड्रेट, फाइवर, फस्फोरस र फलाम जस्ता तत्व पाइन्छ ।
स्याहारसुसार गर्न नपर्ने जताततै जंगल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नोबाट बनेको धुलो राम्रो मुल्यमा बिक्री हुनका साथै विदेश समेत निर्यात हुन थालेपछि सिस्नो उत्पादन र प्रशोधनमा विभिन्न संघ सस्थाहरु लाग्न थालेका छन् । सिस्नोको धुलोलाई दाल, ढिंडो, सुपको रूपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नोको मुन्टा तरकारीको रूपमा खानेहरूको संख्या बढ्दो छ । सिस्नो पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भएकाले सिस्नोको माग र महत्व बढेको जानकारहरु बताउँछन् ।
नेपालमा चुलिंदै गएको व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई माथि उठाउन धेरै ठूलो कायापलट गर्नुपर्दैन । केबल जहाँ जे उत्पादन भइरहेको छ, जहाँ जुन स्थानमा जे कुराको सम्भावना हुन्छ त्यसलाई बुझेर राज्यले आवश्यक अनुसार व्यवस्थापन गर्न सके मुलुकमा आर्थिक उपलब्धी हुने जानकारहरुको भनाई छ । नेपालमा प्रशस्त मात्रामा विभिन्न फाईदाजनक बहुमूल्य जडिबुटीको सम्भावना रहेको छ सो मध्ये सिस्नो पनि एक हो । राज्यले यसको पहिचान गरी अहिले चर्चामा रहेका सजिलै देशको जुनसुकै ठाउँमा पाइने सिस्नोलाई प्रशोधन केन्द्र तयार गरेर नेपालको नाम राखी गुणस्तरीय तरिकाले विश्व बजारमा पु¥यान सके अर्थतन्त्रमा परिबर्तन आउँन सक्छ ।
https://www.youtube.com/watch?v=aX6UV_0uUJE&t=284s