
काठमाण्डौं,
२०७७ साउन ४ गते १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हा । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले जानकारी दिएका छन् ।
आज ५८ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । यो सँगै साउन ४ गने सम्म डिस्चार्ज हुनेहरूको संख्या ११ हजार ६ सय ९५ जना पुगेको डा.गौतमले बताएका छन् । उनले ५ हजार ९ सय २३ जना कोरोना संक्रमपतको विभिन्न अस्पतालका आइसालेसनमा राखी उपचार भइरहको पनि जानकारी दिएका छन् ।