समाचारसमाज

अवैध लागुऔषध सहित तीन जना युवा पक्राऊ

मोरङ,

अवैध लागुऔषध सहित ३ जना युवा पक्राऊ परेका छन् । मोरङ जिल्लाको बिराटनगरबाट लागुऔषध सहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एक जना भारतीय रहेको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भारत अररिया जोगवनीका १९ बर्षीय तारिकन अनवरसहित बिराटनगर ६ का २० बर्षीय सुमित दास र १८ बर्षीय मनिस दास लागुऔषधसहित पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

साउन ४ गते साँझ पख साईकलको सिटमुनि अवैध लागुऔषध लुकाइछिपाई ल्याउदै गरेका अवस्थामा भारतीय नागरिक अनवरलाई विराटनगर १५ बाट ३५ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङ जनाएको छ । अनवरले चलाई ल्याएको साईकल रोकी शरीर तलासी गर्ने क्रममा साईकलको सिटमुनीबाट लागूऔषध खैरो हिरोईन ७ पोकामा अं ३५ ग्राम ५६० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै बिराटनगर १५ रानी सडकखण्डमा पैदल हिडिरहेका सुमित दास र राज दास लाई १२० नाईट्राभेट ट्याब्लेटसहित पक्राउ गरिएको हो । बेलुका ५ बजे लागू औषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बाटोमा हिडिरहेकाले तलासी गर्ने क्रममा विराटनगर ६ बस्ने २० वर्षीय दास पक्राऊ परेको जिल्ला प्रहरी मोरङले जनाएको छ । पक्राउ परेका परेका दासको साथबाट २ वटा मोबाइल फेला परेकाले आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ३ नै जनालाई कानुनी कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

https://www.youtube.com/watch?v=rOJ8rdK5AM8

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button