धरानमा गोरुको मासु र तिनपाने रक्सीले गोरु दिवस मनाए

धरान,
सुनसरीको धरानमा गोरुको मासु र तिनपाने रक्सीको सहभोजले गदै जनजातिले गोरु दिवस मनाएका छन् । सांस्कृतिक अधिकार समितिले आयोजना गरेको कार्यक्रममा दिवस मनाएका हुन् । नेपाल पत्रकार महासंघ धरानको कार्यालयमा साउन ५ गते सोमबार आयोजना गरिएको सांस्कृतिक अभियन्ता सम्मान कार्यक्रममा नेपाल आदिवासी जनजाति बराहक्षेत्र नगर महासंघका अध्यक्ष सन्त राईलाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो । सो कार्यक्रममा गोरुको मासु बारे केन्द्रिय खाद्य प्रविधि क्याम्पस हात्तिसार क्याम्पस धरानका उपप्राध्यापक अर्जुन घिमिरेले प्रोटिन मिनिरल भिटामिनको आधारमा गोरुको मासु उत्तम रहेको बताए ।
मासु मध्ये गोरु उच्च प्रोटिन गोरुको मासुमा पाउने भएको घिमिरेले कार्यक्रममा सुनाए । बिश्वमा सबैभन्दा बढी गोरुको मासु अमेरिकामा खपत हुने गरेको घिमिरेले जानकारी दिए । छिमेकी मुलुक भारतमा समेत गाइगोरुको मासु उपभोग गर्नेमा बिश्वमा छैटौं देशमा पर्ने उनले बताए । प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीका अध्यक्ष राम मान्डुपा राईले सांस्कृतिक अधिकार सहित आदिवासीले अन्य अधिकारको लागि लड्न आवश्यक भएको बताए । कोरियामा बनाएको छ्याङ आईरहेको अवस्थामा नेपालमा गोरुको मासु आयश्रोतको रुपमा हुने राईले बताए । आगामी दिनमा राष्ट्रिय जनगणना हुन लागिरहेको भन्दै तेता पनि ध्यान दिन जरुरी भएको अध्यक्ष राईको भनाई थियो ।
कार्यक्रमका अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङले कोरियाबाट छ्याङ र चिनबाट रक्सी भनेरै नेपाल आउदा अबैध नहुने सुपर मार्केटमा गाईगोरुको मासु खुलेआम बिक्रि हुँदा अबैध नहुने आफैले बनाएको जाँडरक्सी र गोरुको मासु कसरी अबैध हुने भन्दै आगामी दिनमा बिष्णुपादुका लगायतबाट रक्सी ल्याउदा प्रहरीले पक्राउ गरेमा प्रतिवाद गर्ने बताए । धरानमा मात्र नभएर सांस्कृतिक अधिकार समितिलाई प्रदेश १ का १४ जिल्लामा नै संगठन बिस्तार गरेर गोरुबाट गरिने संस्कार गर्न अभियान चलाउने उनले बताए । गाई राष्ट्रिय जनावर हुन नसक्ने भन्दै गाई हिन्दु धर्मको भएको भनेरै काट्न नदिएको भन्दै सरस्वतीको बाहन हाँस किन काट्न दिएको भन्दै उनले गुनासो पोखे । संविधान संग ऐन बाझिएकोले नै संविधानसंग बाझिएको कानुन स्वतह खारेज हुने भएकाले गाईगोरु काट्दा कार्वाही हुने कानुनी प्रावधान नहटेसम्म गोरु काट्ने अभियान निरन्तर लागिरहने हुक्पाचोङ्बाङले बताए ।
https://www.youtube.com/watch?v=vBEcE_2ZBSI