
धरान,
सुनसरी धरानका सडक मानवहरुका लागि सहयोग जुट्न थालेको छ । लाङ्घाली सामुदायिक वनमा राखिएका सडक मानवहरूको लागि माया घर नेपाल अस्थायी सचिवालयलाई भिएम सी भोलुनटरिङ कल्व र कर्मयोग पिठले साउन ५ गते सोमबार खाध्यान्न सहयोग गरेको हो ।
११ बोरा चामल १ बोरा चना १ ४ काटुन तेल २ बोरा सोयाबिन खाध्यय प्रदान गरेको छ । कर्मयोग पिठ नेपालका अध्यक्ष योगी पिताम्बर ,सामाजिक राजनितिक विश्लेषक पदम अधिकारी ,भिएमसी बाट भिषण राई ,शंखर श्रेष्ठ लगायतले माया घरलाई खाध्ययन प्रदान गरेका थिए ।