
सुनसरी,
अविरल वर्षाका कारण सत्तकोशी नदीको बहाब यो वर्षकै उच्च रहेको छ । केही दिन यता निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको हो । सप्तकोसी नदीको बहाव साउन ५ गते बिहान सम्म सामान्य रहे पनि दिउसो देखि बहाव उच्च हुँदै गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिए । कोशीको पछिल्लोे मापन अनुसार ३ लाख ४२ हजार ९ सय ७० प्रतिसेकेण्ड क्युसेक पानीको बहाव रहेको छ । पानीको बहाव बढेपछि कोशी ब्यारेजको ५६ ढोका मध्ये ४७ वटा ढोका खोलिएको छ ।
कोशीको मापन यो वर्षकै उच्च रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । पानीको बहाव अझै बढिरहेको बताइएको छ । पानीको बहाव बढ्न थालेपछि सुनसरी प्रहरीले कोशी तटीय क्षेत्रमा सुरक्षित रहन भन्दै सर्वसाधारणलाई जानकारीका लागि माइकिङ पनि गरेको छ । साउन ५ गते बराहक्षेत्र (६ स्थित पूर्वी तटबन्धमा कटान भइरहेकोमा सो क्षेत्रमा मर्मत सम्भार गरेकोले कटान गर्न रोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक थापाले बताए । साउन ६ (आज) पनि कोशीको तटीय क्षेत्रमा अलर्ट गरिएको उनले बताए । कोशी नदीले सतर्कता तह पार गरेको उपरिक्षक थापको भनाई छ । ।