समाचारस्थानीयस्वास्थ्य

धरानका ४ जना कुन – कुन वार्डका परे कोरोना संक्रमित

धरान

सुनसरीको धरानमा साउन ४ गते मंगलबार ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धरान १७ स्थित एन्फा क्वारेनटाइनमा बस्ने ४ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए । क्वारेनटाइनमा बराइनबाट आएका धरान ८ का ३२ वर्षीय पुरुष, धरान १७ का ५० वर्षीय पुरुष, धरान ११ का ४२ वर्षीय पुरुष र साउदी अरबबाट आएका धरान ५ का २९ वर्षिय पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

साउन ४ गते एन्फा क्वारेनटाइनमा बस्ने ४८ जनाको स्वाब लिइएको थियो । ४८ जना मध्ये ४ जनाको पोजेटिभ र बाँकी ४४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले जानकारी दिएका छन् । सङ्क्रमित ४ जना मध्ये धरान ८,१७ र ११ का ३ जना साउन ३ गते बराइनबाट नेपाल आई आएको दोस्रो दिन धरान आई पुगेका थिए भने अर्को १ जना धरान ५ का सङ्क्रमित साउदी अरबबाट हाल्डीङ सेन्टर हुँदै एन्फा क्वारेनटाइनमा आई पुगेका थिए ।

सङ्क्रमित ४ जनालाई नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउन तयारी भइरहेको बताइएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमितको संख्य १४ पुगेको छ भने १० जना निको भइसकेका छन् । एन्फा क्वारेनटाइन, होटल क्वारेनटाइन र होम क्वारेनटाइनमा बसेका र सशस्त्र प्रहरी सहित ३२ जनाको स्वाब आज लिइएको छ ।

https://www.youtube.com/watch?v=d878ONBNCrA&t=631s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button