समाचारस्वास्थ्य

लकडाउन खुल्यो सरकारले यस्तो निर्णय गर्यो

काठमाण्डौं,

नेपालमा ४ महिना देखि भएको बन्दाबन्दी (लकडाउन) साउन ६ गते रातीबाट अट्ने भएको छ । सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए ।

साउन ६ गते राती मंगलबार बाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन, खतिवडाले भने, कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ । अब यो साउन महिनाभरिको अवस्था हेछौं त्यसपछि भदौमा थप निर्णय लिन्छौं । सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ ।

यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ । सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) गरेको थियो ।

https://www.youtube.com/watch?v=0_MgXsCTLOU&t=428s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button