
धरान,
सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भएको छ । ४ दिन अघि उच्च ज्वरो र खोकी लागेर विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि ल्याइएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
बिरामी उपचार गर्न आउदानै गम्भीर भएकोले आइसियुमा राखेर उपचार गरिँदै आएकोमा उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानको कोरोना आइसोलेसन कक्षको आइसियुमा भर्ना गरिएको थियो । आइसोलेसनको आइसियु कक्षमा उपचार गर्दा गर्दै साउन ६ गते मंगलबार (आज) साँझ उनको मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।
प्रवक्ता सापकोटाका अनुसार पछिल्लो समय उनको स्वास्थ्यमा प्रतिकुल समस्या देखिएसँगै मिर्गौलाले काम नगरेकोले डाईलेसिस पनि गर्नुपरेको थियो भने पुरै निमोनिया देखिएको थियो । मृतक प्रदेश २ को रहेकोले उनलाई प्रदेश २ मै पठाउनका लागि प्रदेश २ सरकारसँग समन्वय भइरहेको बताइएको छ । यो सँगै प्रतिष्ठानमा उपचार गर्न आएका २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यस अघि पनि सप्तरी राजविराजका १ जनाको मृत्यु भएको थियो ।
https://www.youtube.com/watch?v=WhHVY0Jnfts