
धरान,
सुनसरीमा अहिले सम्म ८ हजार ८ सय ९९ जनाको कोरोना परिक्षण गरिएको छ । सुनसरीको स्वास्थ्य कार्यालय कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार पछिल्लो अपडेट अनुसार २ हजार १ सय ९० जनाको आरडीटी र ६ हजार ७ सय ९ जनाको पिसिआर विधि मार्फत कोरोना परीक्षण सुनसरीमा गरिएको छ । जसमध्ये आरडिटी परीक्षणबाट ३० जना र पिसिआरबाट १ सय १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । सो मध्ये २ सय ३३ जनाको पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।
सुनसरीमा हाल सम्म ९५ जना पुरुष, र २२ जना महिला गरी जम्मा १ सय १७ जना कोरोना सङ्क्रमितको सङ्ख्य पुगेको छ । त्यो मध्ये १ सय जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् । बाँकी १७ जना प्रदेश १ को विभिन्न कोभिड १९ अस्पताल तथा आइसोलेसनमा उपचाररत रहेका छन् । सुनसरीमा कोरोना सङ्क्रमणकै कारण कसैको पनि मृत्यु भएको छैन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा सप्तरी राजविराज ६ का १ जना ७३ वर्षीया पुरुष र पछिल्लो पटक महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका ३ का ६० वर्षीया पुरुषको मृत्यु भएको छ ।