समाचारस्वास्थ्य

सुनसरीमा पाँच जनामा कोरोना पुष्टि ,सङ्क्रमितको सङ्ख्या १२५ पुग्यो

धरान,

सुनसरीमा ५ जनामा कोरोना पुष्टि भएको छ । साउन ९ गते शुक्रबार (आज) थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज सङ्क्रमण पुष्टि भएकोमा इटहरी उपमहानगरपालिकाको क्वारेनटाइनका २ जना र रामधुनी नगरपालिकाको क्वारेनटाइनका ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमित जम्मा सङ्ख्या १ सय २५ पुगेको छ ।

सुनसरीमा अहिले सम्म निको हुनेको सङ्ख्या १ सय पुगेको छ । हाल सम्म सुनसरीमा धरान १३ की एक महिला र बराहक्षेत्रकी एक बालिका बाहेक सबै जना क्वारेनटाइनमै बसेका मानिसहरुमा कोरोना संक्रमित पुष्टि भएकोे स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button