जीवन शैलीसमाचार

साउनमा मासुर र रक्सी खानु नहुने कारण यस्तो रहेछ

वर्षको १२ महिना मध्ये साउन महिना वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको पालना गर्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ । नियम पालाना गर्नेहरुले साउनमा मासु र रक्सी नखाई बस्छन् । यसको धार्मिक र वैज्ञानिक कारण यस्तो रहेछ ।

धार्मिक कारण

यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारी राम्रो दृष्टिले हेरिन्न । त्यसैपनि साउन जस्तो पवित्र महिनामा त यिनीहरूको सेवन वर्जित नै छ । शिवशक्तिको पूजन गर्ने पवित्र महिनामा अपवित्र मासु र रक्सी किन पिउनु ? जीव हत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ । यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हुँदैन ।

वैज्ञानिक कारण

रक्सी त जुनसुकै बेलामा पनि पिए पनि नराम्रो नै हो । स्वास्थ्यलाई नराम्रो असर गर्छ यसले । साउनमा पनि किन रक्सी पिउनु त ? अनि मासुको कुरा गर्दा साउनमा बादल लागेर हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन । यसले गर्दा हाम्रो पाचन शक्ति कमजोर हुन्छ र मासु जस्तो छिट्टै नपच्ने कुरा लिँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छन् । बर्खाको मौसममा पशुहरूलाई अनेकौं किसिमका संक्रामक रोग लाग्छन् र त्यस्ता रोगी पशुको मासु खाँदा मानिसलाई पनि रोग सर्छ ।

एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button