जीवन शैलीसमाचार

आफैले घरमा छापेको पैसाले मोबाई किन्ने युवा पक्राऊ

काठमाण्डौं,

आफैले छापेको पैसाले मोबाई किन्ने युवा पक्राऊ परेका छन् । अनलाइनमा बेच्न राखिएको स्मार्ट फोन किन्ने २२ वर्षीय प्रशान्त सिंह ठकुरी पक्राउ परेको हो । सेन्ट जेभियर्स कलेजमा बीबीएस पढ्ने प्रशान्त ठकुरीले मोबाईल किनेपछि मोबाईल बिक्रेतालाई ‘नक्कली नोट दिएकाले।’ पक्राउ परेका हुन् ।

मोबाई बिक्रेताले ‘भिभो–३’ मोबाइल बेच्न, विद्युतीय माध्यम अनलाइनमा सूचना पोष्ट गरे । त्यहाँ मोबाइलको फोटो पनि राखिएको थियो । किन्न चाहने युवाले फोन गरे, स्वयम्भू हलचोकमा भेटेर मोबाइल किनबेच गर्ने कुरा भयो । २० हजार ५ सयमा मोबाइल किन्ने बेच्ने सहमति भैसकेको थियो ।

बुधवार मोबाइल किन्ने युवा कार चढेर आए । हलचोकमा भेटेर मोबाइल लिए अनि, ठकुरीले पैसा गनेर मोबाइल बिक्रेतालाई खाममा हालेर दिए । ग्राहक गएपछि मोबाईल बिक्रेताले खामबाट पैसा झिकेर हेर्दा नोटको गुणस्तरबारे शंका लाग्यो । उनले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा गएर नोट देखाए । नोट नक्कली रहेको खुल्यो ।

मोबाइल किनबेच गरेको केही बेरमै प्रशान्तलाई प्रहरीले पक्रियो । ‘१९ हजार नक्कली नोट सहित हामीले प्रशान्त सिंह ठकुरीलाई पक्रेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरिक्षक श्यामलाल ज्ञवालीले भने–‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

स्थायी घर नेपालगञ्ज उप–महानगरपालिका –३ घरबारीटोल भएका प्रशान्तले घरमै कलर प्रिन्टरबाट नक्कली नोट छापेको प्रहरीलाई बताएका छन् । प्रशान्तले दिएको २० हजार ५ सय मध्ये १ हजार दरका १९ वटा नोट नक्कली रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button