
काठमाण्डौं,
राष्ट्रिय प्रजातन्त्र पाटीका पूर्वमहामन्त्री सुनील बहादुर थापा सहित ३१ जनाले पाटी परित्यागको घोषाण गरेका छन् । नेता सुनील थापा लगायत ३१ नेताहरूले एकसाथ पाटीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । शनिबार अध्यक्षत्रयलाई सम्बोधन गर्दै ती नेताहरूले पार्टीका सबै जिम्मेवारीबाट आफूहरू अलग भएको भन्दै राजीनामा पत्र बुझाएका छन् ।
स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति विश्वास समाप्त भएको भन्दै उनीहरूले राजीनामा दिएको उल्लेख गरेका छन्।् । राजीनामा दिनेहरूमा उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेत, पार्टीका प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरू दिलिप राई, आशाराम चौधरी, चन्द्रकुमार घुन्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारथ साह लगायतका नेताहरूले पाटी परित्यागको घोषाण गरेका हुन् ।
उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने गरी हामी आजका मितिदेखि रापपाको सबै तहका पद र जिम्मवारीबाट अलग रहने घोषणा गर्दछौं, अध्यक्षत्रयलाई थापालगायतका नेताले बुझाएको राजीनामापत्रमा उल्लेख छ । एकतापछिको सचिवालयको कार्य व्यवस्था समितिसहित विभिन्न निकायको गठनमा समावेशीतालाई बेवास्ता गरिएको छ । पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुन सकेको छैन । मधेशी समुदायका प्रतिनिधित्वलाई उपेक्षा गरिएको छ, थापालगायतका नेताले बुझाएको राजीनामापत्रमा उल्लेख छ । एकतापछि केन्द्रीय कार्य समितिमा लामो समयदेखि योगदान पु¥याएको महत्वपूर्ण व्यक्तिहरुलाई समेत समावेश नगरिएको उनीहरुले आरोप लगाएका छन् ।