राजनीतिसमाचारहेडलार्इन

रेष्टुरेन्टमा खाजा खान गएकी महिलालाई जिस्क्याउँदा एक नेता सहित चार जना पक्राऊ

जनकपुर,

रेष्टुरेन्टमा खाजा खान गएकी महिलालाई जिस्काउँदा १ नेता सहित ४ जना पक्राऊ परेका छन् । महिलालाई दुव्र्यवहार गरेको आरोपमा युवा नेतासहित ४ जना पक्राउ परेको हो । पक्राऊ परेका नेता तथा कार्यकर्ता रिहा गर्न मन्त्री र मेयरले दवाब दिइरेहेको बुझिएको छ ।
गएराति जनकपुरको शिव चोकस्थित एक रेष्टुरेन्टमा खाजा खान गएकी दुई महिलालाई जनता समाजवादी पार्टीका स्थानीय कार्यकर्ताको एक समूहले जिस्क्याउँदै दुव्र्यवहार गरेपछि प्रहरीले तत्कालै उनीहरुलाई पक्राउ गरेको थियो ।

जनता समाजवादी पाटीका संघीय परिषद सदस्य नविन यादव, एक अन्य पुरुष र २ महिलासहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । डीएसपी कार्कीले भने, ‘यादवसहितको समूहले महिलालाई जिस्क्याउँदै दुव्र्यवहार गरेको खबर आएपछि जिल्ला प्रहरीबाट गएको एक टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।’ पीडित महिलाको बयानको आधारमा उनीहरुलाई पक्राउ गरेको उपरिक्षक कार्कीले बताए ।

यता यादवलाई छुटाउन रातिदेखि नै प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले प्रहरीलाई दबाब दिइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए

https://www.youtube.com/watch?v=0_MgXsCTLOU&t=31s

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button