
धरान,
सुनसरीको धरानमा आगोलागी भएको छ । धरान गौहुँ धारा नजिक रहेको तरकारी बजारमा आगलागी हुँदा करिब २० बटा पसल जलेर नष्ट भएको हो । पसल जल्दा करिब ५० लाख बराबरको क्षति भएको बताइएको छ । आगलागीबाट रमा चौहन खतीवडा, कल्पना तामाङको होटेल तथा फलफुल पसल, ज्ञान कुमारी श्रेष्ठको फलफुल तथा किराना पसल, लगायतका करीब २० वटा पसल पूर्णरुपले जलेर नष्ट भएको छ ।
साउनु १२ गते बिहान अन्दाजी साढे ४ बजे तिर व्यावसायी रमा चौहान खतीवडाको कस्मेटिक पसलबाट विद्युत सर्ट भई आगलागी शुरु भएको स्थानीयहरु बताउँछन् । बिहान पसल खोल्न आईनपुग्दै आगाले ती २० पसलहरु पसल खरानी जलीसकेको स्थानीयहरुको भनाई छ ।
स्थानीयवासी, धरान उपमहानगरपालिकाको बारुणयन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागी के कसरी भयो भन्ने खुल्न सकेको छैन भने क्षतिको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।