
धरान,
अमेरिकामा रहेका नेपालीको सहयोग र ग्रामीण क्लब हाउस इटहरीको पहलमा धरानका अति विपन्न परिवारलाई राहत सहयोग वितरण गरिकाएको छ ।सामाजिक अभियन्ता छिरिङ राप्के लामा (न्यूयोर्क) र विजय बस्नेत (टेक्सास) तथा घ्यालसुम्दो सेवा संस्था, न्यूयोर्क, अमेरिकाको सहयोग र ग्रामिण क्लब हाउस, सुनसरी इटहरीको आयोजनामा धरानका कोरोना तथा बाढी पिडित र अति विपन्न ४१ परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो । धरानका ८, ११, १७ र १९ का कोरोना पिडित, बाढी पिडित र अति विपन्नह?लाई राहत वितरण गरिएको ग्रामिण क्लब हाउस, इटहरीका महासचिव धर्मप्रसाद सुवेदीले बताए ।
नेपाली कांग्रेसका सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङको प्रमुख आतिथ्यमा राहत वितरण सम्पन्न गरिएको उनले बताए । प्रमुख अतिथि तामाङले सहयोग अमेरिकामा रहेर पनि नेपाल जन्मभूमिको मायाले गरिब दुःखीलाई राहत सहयोग गर्ने सामाजिक अभियन्ताद्धय छिरिङ राप्के लामा, विजय बस्नेत र न्यूयोर्क अमेरिकास्थित ध्याल्सुम्दो सेवा संस्था तथा राहत व्यवस्थापन गर्नुहुने हाल अमेरिका रहेका ग्रामिण क्लब हाउस इटहरी, सुनसरीका अध्यक्ष मुकुन्द सुवेदीलाई विशेष धन्यवाद दिएका छन् ।
कोरोना तथा बाढी पिडितहरुले राहत स्वरुप दैनिक उपभोग्य सामाग्री पाउँदा हर्षित देखिएका थिए । लामो समय सम्म बन्दाबन्दी र अबिरल वर्षाका कारण बिहान बेलुका चुलो बाल्न समस्य परेको बेला अमेरिकाबाट राहत सहयोग गर्ने सहयोगी मन र सहयोगका लािग पहल गर्ने ग्रामीण क्लबलाई राहत लिने मानिसहरुले धन्यवाद दिएका थिए । राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका धरान नगर सहसचिव पञ्चकला राई, ११ नं. वडा सभापति लोकेन्द्र फागो, १७ नं. वडा सभापति पुष्पा राई, ८ नं. कोषाध्यक्ष विष्णु मोक्तान, क्षेत्रीय प्रतिनिधिह? राम तामाङ, तिलक सुनुवार, युवा नेता रोशु रेग्मी, युवा नेता गोपाल कार्की, तरुण दलका नेता नरसिंह राई, जी.पी. फाउण्डेसन सुनसरीका सदस्य राजु साह, टोल विकास समितिका अध्यक्ष सुर्य तामाङ लगायतको उपस्थिति रहेको थियो ।