समाचारसमाज

धनकुटामा पहिरोबाट दर्जन उद्योगमा क्षती सयौ ब्यावसायीहरुको घर जोखिमा

धनकुटा,

केही दिन देखी निरन्तर अविरल बर्षा कारण पहिरो जादा धनकुटामा एक दर्जन उद्योगलाई क्षती पुगेको छ । पहिरोका कारण १ सय २७ जना व्यावसायीहरुको घर जोखिममा रहेको स्थानीयहरु बताउँछन् । व्यवसायीहरु जोखिममा परेको जानकारी पाएपछि धनकुटा उद्योग बाणिज्य संघले अनुगमन गरी क्षती पूर्ति दिन सरकारसंग माग गरेको छ ।

बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्य रेजिना पखिले लगायतका सदस्यहरु र कार्यालय सचिव सिचन प्रधान सहितको टोलीले धनकुटा बजारको पहिरोबाट क्षती पु¥याएको क्षेत्रहरुको स्थलगत रुपमा अनुगमन गर्दा धनकुटामा एक दर्जन वटा उद्योगहरुलाई क्षती पुगेको र दर्जनौ पसलहरु र १ सय २७ जना व्यावसायीहरुको घर जोखिमा परेकोले क्षती पूर्ति दिन सकारसंग माग गरेको जनाएको छ ।

पहिरोबाट पशुपती ग्रिल उद्योग धनकुटा,मिलन फर्निचर उद्योग धनकुटालाई क्षती पुगेको र निशान ग्रिल उद्योग धनकुटा र कविता फलफुल प्रशोधन उद्योग,प्रकृती फुड प्रडक्सन उद्योग लगायत धनकुटा जिल्लाको एक जर्दन धन्दा बढी उद्योगहरु जोखिमा परेका छन् । धनकुटा ,हिले,पाख्रिवास,सिधुवा,सागुरीगढी,पाख्रिवास,सहिदभुमी,चौविसे,छथरजोरपाटी,महालक्ष्मी नगरपालिका र धनकुटा बजार क्षेत्रका १ सय २७ जना व्यावसायीहरुको घरहरु पहिरोबाट जोखिममा परेको बाणिज्य संघले स्थलगत अनुगमन गरी सम्बन्धित निकार्यलाई जानकारी गराउदै क्षतीपूर्ती दिन माग राखेको अध्यक्ष विजय सन्तोषी राईले बताए ।

अवरिल बर्षाका कारण गएको बाढी पहिरोबाट धनकुटामा संचालन साना उद्योगहरुलाई क्षती पुगेको र जर्दनौ पसलहरुलाई जोखिममा पारेकोले अहिले अनुगमन गरी लगत संकलन गर्ने कार्य भैरहेको बाणिज्य संघका कार्यकारी सदस्य रेजिना पखिलेले बताईन् ।

https://www.youtube.com/watch?v=YQro1sa_fRc&t=21s

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button