प्रदेशसमाचारहेडलार्इन

लागूऔषध बरामद गर्न गएको प्रहरीमाथि आक्रमण, तीन प्रहरी घाइते

मोरङ,

लागूऔषध बरामद गर्न गएको प्रहरीमाथि आक्रमण भएको छ । आक्रमण हुँदा ३ जना प्रहरी घाइते भएका छन् भने आक्रामणकारी, ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । बिहीबार राती ९ बजे लागूऔषध नियन्त्रण गर्न सादा पोसकका ३ जना प्रहरीलाई लागुऔषध कारोबारीले आक्रमण गरी घाइते बनाएका हुन् । घाइते हुनेहरुमा प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी रहेका छन् । उनीहरू सादा पोशकका प्रहरी टोली हुन् । घाइतेको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरी जवान बस्नेतको टाउकोमा सातवटा टाँका लगाइएको छ । प्रहरी निरीक्षक मिलन थापाको नेत्रृत्वमा गएको टोलीमाथि आक्रमण भएको हो ।

लागुऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको सूचना पाएर नियन्त्रणमा लिन गएको टोलीमाथि तस्करमिा सलग्न र लागूऔषध कारोबारीले आक्रमण गरेको मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार प्रहरी पुग्न साथ स्थानीयले लागूऔषको कारोबारीहरूले लाट्ठी, भाला र खुकरी लिएर आक्रमणमा उत्रिएका थिए ।

लागूऔषको कारोबारीले आक्रमण गर्दै प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायर समेत गरेको प्रहरी उपरिक्षक खड्काले जानकारी दिए । ‘पहिलो गएको सादा पोशकको टोलीमाथि आक्रमण भएपछि ब्याक सपोटमा थप प्रहरी टोली गएको थियो,’ उनले भने, ‘सपटोलमा गएको प्रहरी टोलीमाथि पनि आक्रमणको प्रयास भएपछि प्रहरीले हवाइ फायर गरेको हो ।’ घटनापछि थप प्रहरी परिचालन गरेर प्रहरीले लागूऔषधको कारोबारीसहित घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बलराम ऋषिदेव, २८ वर्षीया देव ऋषिदेव, २१ वर्षीया वीरेन्द्र ऋषिदेव, २५ वर्षीया महादेव ऋषिदेव, नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेव रहेका छन् । पक्राउ पर्ने बलराम लागूऔषधको कारोबारी रहेको प्रहरीले जनाएको छ । घरमा भण्डान गरि अवैध लागूऔषधको कारोबार गर्ने गरेको बुझिएको छ । बलरामले घरमा अवैध लागूऔषध राखि विक्री वितरण गर्ने गरेको सूचना पाएपछि नियन्त्रण गर्न प्रहरी गएको थिए । लागुऔषध कारोबारीलाई अनुसन्धान शुरु गरेको प्रहरी उपरिक्षक खड्काले बताए ।

https://www.youtube.com/watch?v=9cIVEn2-wfM

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button